युक्रेनको मेलिटोपोलमा रुसद्वारा नयाँ मेयर नियुक्त, राजधानी किभमा सेनाको घेराबन्दी


एजेन्सी २९ फाल्गुन।रुसले युक्रेनी शहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ ।
स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगरका सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताएको बीबीसीले जनाएको छ ।
उनले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गरेका छन् ।
रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस ‘आतङ्कको नयाँ चरणमा’ अघि बढेको आरोप लगाएका छन् ।
यसैबीच रुसी सेनाले युक्रेनको राजधानी किभलाई घेराबन्दीमा पारेका छन् । २५ किलोमिटर भन्दा नजिकबाट रुसी सेनाहरुले सानो सानो समूह बनाएर किएभलाई घेरा हालेर आक्रमण गरिरहेको जनाइको छ ।
राष्ट्रपति जेलेन्स्कीले रुसको आक्रमणबाट अहिलेसम्म एक हजार तीन सय युक्रेनी सेनाको ज्यान गएको जानकारी दिएका छन् । जेलेन्स्कीलेले पत्रकार सम्मेलन गरेर झण्डै ६ सय रुसी सेनाले आत्मसमर्पण गरेको पनि दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment