जंगलमा युवकको शव भेटियो


काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा एक युवकको शव फेला परेको छ । बुधबार बिहान त्रिवि क्रिक्रेट मैदाननजिकै जंगलमा युवकको शव फेला परेको हो । ती युवकको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार रूखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको हो । प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment