कविताः आधा पृथ्वी र आकाश धेरै तिम्रै अधीनमा

 

आधा पृथ्वी र आकाश धेरै तिम्रै अधीनमा 
     सृष्टिको स्रोत हौ नारी किन बस्ने विभेदमा 
इतिहास छ है साक्षी नारी मैदान उत्रिई 
        नरकाे काँधमा काँध मिलाई बढ्दथ्यौ तिमी 
रिसाहामा तिमी चण्डी काली कात्यायनी शिवा 
    प्रेममा पार्वती सीता पारिजात र शारदा 
रथकाे एक पाङ्ग्रा हौ अर्को पुरुष हाे बुझी 
  हातमालाे गरी जुट्नू देश निर्माणमा तिमी 
सङ्घर्ष गरी खाेसेर अधिकार लिए पनि 
   कर्तव्य छातीमा टाँसी लाग्नू पौरखमा  अनि 
शील सौर्न्दर्य मायामा दयामा नै रमाउने 
    गलेर आउँदा स्वामी मुसुक्क मुस्कुराउने 
सुते नारी सबै सुत्छ निदाए ऊ निदाउछ 
    उठे उठ्छ कुदे कुद्छ नारी मै सृष्टि चल्दछ 
बल साहस उत्साह उच्च लक्ष्य उद्देश्यमा 
  हामी पुरुषका साथ उत्रौं लाग्न विकासमा 
एकता मित्रता भाव तिमीमा छ अझै बढी 
     ब्यवहार अझै पक्का छ जस्तो जादू कै छडी 
ब्यापारी बुद्धिजीवीछन् नेता प्रहरी शिक्षक 
   वकिल कर्मचारीछन् खेलाडी कति  डक्टर 
हल्लाए नारीले विश्व मन्त्री राष्ट्रपति बनी 
  इन्जिनियर पाइलाेट प्राध्यापक विज्ञछन् कति 
तर उठ्न उचालेर हुदैन उठ्नुपर्दछ 
   तर जुट्न जुटाएर हुदैन जुट्नुपर्दछ 
 माड खाए मदौरुले दिन्छ धामी जडिबुटी 
   खाएमा क्यै बिरामीले गर्छ डाक्टर औसधि 
प्रविधिले सबै विश्व बाँधियाे एक सूत्रमा 
   बुझौं संसार हे नारी नबसौं अन्धकारमा 
सभामा महिला गन्नुपर्छ पुग्दैन बीस नै 
   चुनाव आउदा नेतृ खाेज्नुपर्छ कुना कुनी 
के दाेष नरकाे हाे याे हिंसा त्यस्तो भए कुनै 
  मनमा पीर राखेर किन बस्छ्यौ सधैं सधै  
लगाम घरमै राखी हिड्नुपर्छ स्वतन्त्रता 
    सीमा रेखा ननाघी नै बढ्नुपर्छ स्वतन्त्रमा 
भाेक निन्रा दया त्रास मासु रगत चाहना 
     उस्तै हाे, चिह्न बेग्लैले सक्दनौ नानी पाउन 
 भूगोल प्रविधि भित्र बाँधियाे सूत्र सूत्रमा 
बुझौं संसार हे नारी आऊँ यस्तै सभामहा 
 सकेर  घरको काम नरका साथमा मिली 
   घर गाउँ नगर् प्रान्त पारौं देश झिलीमिली
 पशुपंक्षी कृषि कर्म ब्यापारी उद्यमी बनी 
    सुधारौं जिन्दगी मुख नताकौं पतिको पनि 
हामी छौ साथमा साथ कुन मार्ग पछ्याउने 
  रेखाङ्कन गरौं आजै सबै भाेलि रमाउने 
निर्मलाका बलत्कारी खाेजी गर्न सघाउनू 
   सबै पुरुष नारीमा सच्चा न्याय दिलाउनू 
बुलन्द गर्नु आवाज भ्रष्टाचारहरूमहा 
  सफलीभुत हाेस् नारी दिवस शुभकामना 
जस्ले जे साेच्नुभाकाेछ ती सबै उच्च चाहना 
 पूर्णहुन् उभिने मौका दिनु भाे शुभकामना 
विश्व कै एक हौं नारी सबैमा शुभकामना ।
प्रकाशचन्द्र खनाल देउमाई नगरपालिका -४ मङ्गलबारे इलाम 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment