इलाममा १ लाख १२ हजार पर्यटक भित्रिए

  • बिनय तिम्सीना

इलाम, ६ बैशाख, विश्वभरी नै कोरोना महामारीले आक्रान्त पारेको बेला २०७८ मा इलाममा पर्यटक व्यावसायीहरुलाई केही रात मिलेको छ । कोभिड विरुद्धको खेप अभियान सँगै इलाममा पनि इलाम घुम्न आउने पर्यटकको संख्या वढेको छ । गत वर्षको तुलनामा यो वर्ष इलाममा धेरै  पर्यटक भित्रिएका छन् ।


इलाममा २०७८ वैशाख देखि भाद्र सम्म कोभिडको महामारीले पर्यटक  भित्रिएका छैनन् । असोज देखि चैत्र मसान्तसम्ममा इलाममा १ लाख १२ हजार ८ सय ६७ जना पर्यटक भित्रिएका छन जस मध्ये ५५ हजार ९ सय २१ जना महिला र ५६ हजार ९ सय ४६ जना पुरुष रहेका छन् । 
इलाममा अघिल्लो अर्थिकवर्ष कोभिडको माहामारीका कारण ३९ हजार ८ सय ११ जना पर्यटक मात्र भित्रिएका थिए ।
इलाम घुम्न आउने पर्यटक यो वर्ष हेर्ने हो भने लगभग ९९ प्रतिशत आन्तरिक पर्यटक छन् । केही भारतिय र तेस्रो मुलुका भए पनि अन्य सवै पर्यटक अन्तरिक पर्यटक रहेका छन् । माथि उल्लेखित डाटा इलामको मेचि राजमार्गको जोरकलशबाट प्रवेश गरेको पर्यटकको हो । इलाममा भारतिय पर्यटकहरु पशुपति नाकाबट पनि प्रवेश गर्ने गरेका छन् । भारतको सिक्कीम र दार्जेलिङका पर्यटकहरु पशुपतिनगर नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् । यस्तै झापा इलाममा सञ्चालन हुने यात्रुवहाक सवारी साधनको प्रयोग गरेर इलाम भित्रिने पर्यटकहरुको डाटा संकलन गर्ने नसकिएकोले पनि इलाम भित्रिने पर्यटकको संख्या यहाँ भएको पर्यटकको संख्या भन्दा इलाम भित्रिने पर्यटक धेरै भएको जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरे वताउँछन् । 
यसरी हेर्नेहो भने इलाममा यो वर्ष लगभग एकलख पचासहजार पर्यटक भित्रिएका छन् । इलाममा कोभिडको तेस्रो लहर शुरु भए सँगै माघ महिनामा सवै भन्दा कम पर्यटक ३ हजार ८ सय पाँच जना भित्रिएका थिए भने सवै भन्दा धेरै पर्यटक पुस महिनामा ३२ हजार ७ सय ७४ जना भित्रिएका छन् । 
इलाममा आउने पर्यटकहरु मध्ये अधिकांशको पहिलो रोजाई कन्याम परेको छ । इलाममा पर्यटकहरु भन्दा पनि धेरै भिजिटरहरु आउने गरेका छन् विहान कन्याम, आएर सँझमा घर र्फकने र अन्तुको झुल्के घाम हेर्ने पर्यटकको संख्या धेरै देखिएको छ । इलामको बाटो भएर पाँचथर ताप्लेजुङ जाने पर्यटकहरु पनि एक रात इलाम बजार वसेर जाने भएकोले उनीहरुको संख्या पनि इलाम भित्रिने पर्यटकमा जोडिएको छ । 
इलाममा घुम्ने ठाउँहरु धेरै भए पनि ठाउँहरुको प्रचार प्रसार र पर्यटन प्रवर्धनको व्यवस्था राम्रो नहुँदा पर्यटक भित्र्याउन मुस्कील परेको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment