वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी


काठमाडौं । अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवन सुरु गरेकी छन् । अभिनेत्री अधिकारीले बुधबार ब्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

जानकारी अनुसार अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । विगत केही समयदेखि प्रेममा रहेका यो जोडीले आफूहरूबीचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् ।

रोहित ‘हाम्रो बजार डटकम’का सीईओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । अभिनेत्री केकीले भोलि विवाहका तस्बिरहरू सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment