भृकुटीमडण्पमा जुत्ता चप्पल व्यापार प्रवद्धन मेला हुने


काठमाडौं । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ । बैशाख १५ गते देखि जेठ ८ गतेसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल जुत्ता चप्पल व्यापार प्रवद्धन मेला काठमाडौंको भृकुटीमडण्पमा गर्ने लागेको हो ।

फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनका फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेले अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको बताए ।

उनले व्यापार प्रवद्धन व्यापार मेलाले उद्योगी व्यवसायीहरुलाइ थोरै भएपनि राहत मिल्ने आशा रहेको बताए । त्यस्तै, फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्र प्रसाद न्यौपानेले पछिल्लो समय जुत्ता चप्पल उद्योगी व्यवसायीहरुले धेरै समस्या भोगिरहेकाले आर्थिक रुपमा चलायमान बनाउनको लागि मेला आयोजना गरिएको बताए ।

उनले राज्य र उपभोत्ताको चुनावी माहोलमा ध्यान मेलामा होस भनेर व्यापार मेला गर्न लागिएको पनि बताए । उनले भने, ‘कोभिडका कारणले लाथालिङग तरिकाले थलिएको अर्थतन्त्रका कारणले आम उपभोक्ताहरुसँग आफूले चाहेको जस्तो जुत्ता चप्पल वा विभिन्न वस्तु किन्न पैसा नभएको अवस्था युक्रेन र रुसको युद्धको कारण जुत्ता चपपल बनाउने कच्चा पदार्थ ल्याउन समस्याको कारण विश्वव्यापी रुपा ४० प्रतिशतसम्म मँहगी बढी रहेको अवस्था छ ।

उनले थपे, ‘राज्य संयन्त्रले नीतिगत रुपमा हाम्रो पक्षमा काम गरिरहँदा पनि समस्याहरु छन । त्यो समस्याहरु पनि आर्थिक रुपमा आर्थिक चलायमान बनोस । राज्य र उपभोत्ताको चुनावी माहोलमा ध्यान मेलामा होस भनेर व्यापार मेला गर्न लागिएको छ । पछिल्लो समय भारतबाट नेपालमा चोरी पैठारी गरेर चुत्ता चप्पल नेपालमा ल्याउने काम भइरहेको हुँदा राज्यले त्यस्तो चोरी पैठारी रोक्ने काम गर्न पर्ने छ ।’

उपाध्यक्ष न्यौपानेले पछिल्लो समय भारतबाट नेपालमा चोरी पैठारी गरेर चुत्ता चप्पल नेपालमा ल्याउने काम भइरहेकाले राज्यले त्यस्तो चोरी पैठारी रोक्नु पर्ने माग गरे । मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला,पुरुष र बालबालिका सबैलाई ५० प्रतिशत छुटका साथ ३० भन्दा बढी कम्पनीका जुत्ता एकै छानो मुनी पाइने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment