देशका लागि कस्तो छ २०७९ साल ?


काठमाडौं । वि.सं. २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् । नल नामको संवत्सर रहेको २०७९ साल राजा शनी र मन्त्री वृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए ।

उनका अनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भएपनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ । यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताए ।

ज्योतिषाचार्य सोडारीले यस वर्ष शैक्षिक संस्थाहरु, धार्मिक क्षेत्रहरु, बौद्धिक व्यक्तित्वहरु भुमिका राष्ट्रका लागि केही गर्छन् भन्ने आश गरेपनि साउन १२ देखि कार्तिक ३ सम्मको समय आफ्नो स्वार्थपूर्तिका लागि हुने बताए । यसवर्ष दक्षिणतर्फको सीमामा केही समस्या आउन सक्ने, भूक्षय तथा वर्षाले असहज परिस्थिति सिर्जना गर्नसक्ने, रोगमा वृद्धि हुनसक्ने बताए ।

यसवर्ष धनु, मकर र कुम्भ राशीलाई माघ २७ भन्दा पहिला साँढे सातको दशा पर्नसक्ने रहेको छ र अढैया दशा, माघ २७ भन्दा पहिला मिथुन र तुला राशीलाई पर्ने बताए । माघ २७ पछि भने शनि कुम्भ राशीमा पुग्ने र त्यसपछिका दिनमा मकर, कुम्भ र मिन राशीलाई साँढे सातको दशा रहेको र ककर्ट र वृश्चिक राशीलाई अढैयाको दशा रहको बताए ।

नेपालको राशीमा पनि माघ २८ पछि अढैया दशा लाग्नेछ । अर्थात् त्यसपछिका दिनमा आन्तरिक कलहले नेपाललाई सताउनेछ । यस वर्ष मौसमको दृष्टिकोणले पनि समग्रमा त्यति राम्रो नरहेको उनले बताए । यसवर्ष अल्पवृष्टि, अनावृष्टि र अतिवृष्टि हुने सम्भावना रहेको छ । त्यस्तै अन्नबाली उत्पादनको क्षेत्रमा पनि कमी हुनसक्ने ज्योतिषाचार्य सोडारीले बताए ।

यसवर्ष आर्थिक रुपमा पनि समग्रमा नराम्रो रहेको छ । यस वर्ष भूकम्प जानसक्ने पनि सम्भावना रहेको ग्रहगोचरहरुले देखाएको बताए । सबैले सोचेर काम गर्ने हो भने देश शंकटमा नफस्ने पनि उनले बताए । निर्माणका लागि पश्चिमी देशहरुले अनावश्यक आश देखाएर देशमा आन्तरिक कलह निम्तिन सक्ने ग्रहगोचर भएको भन्दै उनले बेलैमा सचेत रहनुपर्ने बताए ।

त्यस्तै यस वर्षको आर्थिक अवस्थामा देश कमजोर नै रहने बताए । ज्योतिषाचार्य सोडारीले वैशाख ३ गतेदेखि १८ गतेसम्म कालसर्प योग रहेकोले देशको नेतृत्व गरिरहेका राजनीतिक दलका नेताहरुले होस नपु¥याउने हो भने निर्वाचनमा समस्या आउन सक्ने बताए ।

विवेकपूर्ण रुपमा अघि यसले कुनै असर नगर्ने उनको भनाइ छ । त्यस्तै ज्योतिषाचार्य सेडारीले कृषिको क्षेत्रमा यसवर्ष मध्यम समय रहेको बताए । यस वर्ष पश्चिमी देशहरुबाट वर्षभर नै सचेत रहनुपर्ने ग्रहगोचरले देखाएको बताए ।

ज्योतिषाचार्य सोडारीले साउन १२ देखि कार्तिक ३ गतेसम्म शनि वक्र रहेकोले पश्चिमी देशहरुले निर्माणको रुपमा हात हालेका कामहरुको विषयलाई आन्तरिक कलहको विषय बनाएर आन्तरिक द्वन्द्व फैलाउन सक्ने ग्रहगाचर रहेको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment