दुई सताव्दी पुरानो फुटबलको इतिहासमा चम्किलो तारा इलाम, १३९ वर्षे इलामको ठूलो टुँडिखेलको इतिहाँस मेटीने संघारमा

  • विनय तिम्सीना

इलामः नेपालको सुदूरपूर्वी जिल्ला इलामको पर्याय खेलकुद हो । इलाममा फुटबल  खेलको इतिहास हेर्नेहो भने इस्वी सम्वत १८२६ ताका देखि शुरुभएको तथ्यहरु पाउन सकिन्छ । यसरी हेर्दा इलाममा १९६  वर्ष अघिबाट फुटबल शुरु भएको मान्न सकिन्छ । जव नेपालले इस्वी सम्वत् १८१६ मा भारतमा शासित व्रिटीससँग सुगौलीसन्दी भयो त्यस पछि सन् १८२६ मा दार्जिलिङ पनि भारतमा गवियो । भारतमा दार्जिलिङ गाविए पछि विकासको काम गर्न इलामका जनशक्ति गए त्यही वेला देखि व्रिटीस सेनाको भर्ति गुममा शुरु भयो त्यो बेला भारत छिरेका नेपालीहरु फुटबलमा सामेल हुन थाले । भारतमा काम गर्ने र सेनामा भर्तिभएका नेपाली नेपाल आउँदा कोसेलीको साथमा भकुन्डो पनि लिएर आउन थाले र आफुले सिकेको खेल छोरा छोरीमा पुस्तान्तरण हुँदै खेल बारीको काँल्लामा कपडाको भकुण्डो बनाएर भएपनि खेल्न थालेको इतिहास छ । 

इलाममा फुटबलखेल टीम बनाएरै खेल्ने चलन भने सम्भवत १९८० को दशकमा शुरु भएको हो । इलाममा वडाहाकिमको रुपमा जर्नेल÷कर्नेलहरु काठमाण्डौबाट आउँथे उनीहरुसँग अरु मानिसहरुपनि आउँथे र सोहीवेला राज सम्सेर इलाम वडाहाकिम भएर आए उनी राम्रा फुटबल खेलाडी समेत भएकाले इलाममा फुटबल शुरुहुन सहजभएको थियो । उनीसँग   फुटबल खेलाडीहरु पनि आएका थिए ।
इलामकै एक अग्रज पदम वहादुर देवान १९८३ मा इलाम आए र अंग्रेजी माध्यमको पढाईको शुरु गरे उनी खेलमा निक्कै रुची राख्ने भएकाले पनि उनले इलाममा फुटबल खेलको विकासको लागि महत्वपूर्ण योगदान गरे ।
जब वि.स. १९९० मा जर्नेल महाविर सम्सेर वडाहाकिम भएर इलाम आए । उनी फुटबल खेलाडी तथा खेल संयोजक समेत भएकाले  इलाम वसुन्जेल आफ्नो फुटबल टीम पनि थियो । उनको टीमसँग फुटबवल खेल्न थाले पछि इलाममा पनि धेरै खेलाडीहरु उत्पादन भएका थिए । इलामको अर्को गौरव गर्न लायक इतिहास इलामको टीम र वडाहाकीमको टीमविचको खेलहरु हुने गरेको हो इलामे टीमलाई वडाहाकिमको टीमले नजितेसम्म राती भए पनि मैदनको चारैतिर मैनटोल बालेर खेल्ने चलन थियो । वडाहाकिमको टीमले जितेपछि दुवै टीमका खेलाडिलाई वडाहाकिमले लगेर भोज खुवाने चलन पनि भएको इतिहास रहेको छ । 
यसै विचमा इलाम अस्पतालको स्थापना भयो । वि.स. १९९५ तिर इलाम अस्पतालमा आएका केही वंगाली डाक्टरहरु पनि फुटबल खेलमा रुची राख्ने भएकाले  उनीहरुले पनि इलामको टुडिखेलमा फुटवल खेले । त्यस पछि भने इलामको गाउँगाउँमा फुटबलखेल लोकप्रिय भयो । 
इलाममा १९९० कै दशकमा भारतको दर्जिलिङबाट फुटबल खेल्न आएको ब्रिटीस गोर्खा टीमलाई इलामे टीमले पराजित गरेको इतिहास अहिले पनि वुढापाकाहरु सुनाउने गर्छन । 
इलाममा २००४ सालमा पद्मोदय आदर्श हाईस्कुल स्थापना भयो । स्कुलको स्थापनासाँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा फुटबल खेलाईन थाल्यो । विद्यालयका माथिल्लो कक्षाका विद्यार्थी र शिक्षकहरु इलामको टुडिखेलमा गएर फुटबल खेल्न थाले । वि.स. २०१० सालमा करफोकमा विद्यालय स्थापना भए सँगै इलामको माइपारी पनि खेलमैदन वनिन थाले र फुटबलको विकास हुन थाल्यो । 
इलामको फुटबल र टुँडिखेलको नङ र मासुको जस्तो सम्वन्ध 
इतिहास पल्टाउने हो भने वि.स. १९३९ सालमा इलाममा गजराज थापा वडाहाकिम भएर आए र उनैले इलाममा टुँडिखेल बनाउने काम शुरु गरेका हुन । इलामको हाल जिल्ला प्रसाशन कार्यालय छेउमा भएको सेनाको क्याम्पमा सेनाका वडाहामीमहरु वस्ने गर्दथे भने माइस्थानमा सेनाका जवान वस्थे अहिले भएको सिलिखानको विपि पार्कमा भने सेनाले गोला वारुद्ध राख्ने काम गर्दथ्यो त्यसरी छरीएर वसेको सेनालाई कवज खेल्ने ठाउँ चाहिएको थियो । काफ्लेहरुको स्वमित्वमा रहेको हाल टुँडिखेल बनाइएको ठाउँलाई सेनाले स्थानीय वसिको मद्दतमा हल गोरु लगाएर मैदनको रुपमा प्रयोग गर्न मिल्ने वनाएको हो ।  त्यस पछि भने टुडिखेलमा सेनाले दैनिक कवज गर्न  थाल्यो ।
टुँडिखेलमा विषेश पर्वहरुमा विभिन्न खेल्कुद कार्यक्रम पनि राख्न थालियो यसरी इलाममा रहेको टुडिखेलमा खेलकुद गतिविधि शुरु भएको हो । 
इलामको फुटबलको इतिहास जसरी शुरु भए पनि फुटबललाई एकसुत्रमा वाँधनेकाम भने इलाम बजारमा रहेको नेपाली सेनाको ठूलो टुडिखेलले गरेको छ । 
इलाममा २०५१ सालमा जिल्ला खेलकुद विकास समिकिो स्थापना भएसँगै टुँडिखेललाई मर्मत गरेर फुटबल खेल्न योग्य बनाउन थालियो । विभिन्न समयमा विभिन्न खेलको लागि टुँडिखेलले आफ्नो अस्तित्वको चुनैती दिदै आएको छ । धेरै जसो खेलकुदकै लागि प्रयोग गरिने टुडिखेल अहिले कुनै पनि खेलको लागि प्रयोगमा ल्याउनु चुनौती जस्तै बनेको छ । खेलाडीहरुका लागि खेल खेल्न योग्य नभए जस्तो देखिन थालेको छ । टुडिखेलमा खेल खेल्न योग्य बनाउनको लागि इलामा रहेको माइभ्याली फुटबल क्लवले धेरै कोशिस पनि गरेको क्लबका अध्यक्ष धिरेन चेम्जोङ वताउँछन् ।  २०४५ सालको भुकम्प पछि माइभ्याली स्पोटीङ क्लवले भुकम्प स्मृति कपको ३ वटा सँस्करण सञ्चलन गरेको थियो त्यसवेला पनि खेल मैदान मर्मत गरेर फुटबल खेल्न योग्य बनाइएको थियो । 
इलाममा रहेको ठूलो टुँडिखेलमा गाउँगाउमा छनौट खेल भएर अन्तिम छनौटको लागि खेल खेलाईने देखि लिएर जिल्लामा हुने विभिन्न प्रतियोगीता हुने पनि गरेको छ । 
जव २०७१ सालमा इलामको ठूलो टुँडिखेलमा माइभ्याली फुटबल क्लवले माइभ्याली गोल्डकपको शुरुवात ग¥यो त्यस पछि फुटबवलको लागि टुडिखेले धेरै नै योगदान दियो नेपालमा रहेका ‘ए’ डिभिजन लिग खेल्ने क्लबहरु र विदेशी टीमहरु समेत टुँडिखेलमा आफ्नो खेलकैशल देखाउन थाले । खेलको स्तर बडाउन र खेलाडीहरुको चोटलाई ध्यानमा राख्दै टुँडखेलमा चौर लगाउने काम पनि भयो माइम्यालीको तेस्रो संस्करणमा बाँसको पारापिटमा वसेर हरियो मैदानमा इलामेली दर्शकले खेल हेर्न सम्मेत पाएका थिए । 
तर त्यो इतिहास भईसकेको छ अहिले टुँडिखेल खहरेमा वढी आईसके पछिको  बगरको आवस्था जस्तो भएको छ । इतिहास पल्टाएर हेर्नेहो भने सेनाले आफ्नो टुँडिखेल भएकोले कहिलेकाही कवज खेल्ने र फुलपातिमा वढाईँ गर्ने वाहेक अन्य समयमा खेलको लागि मात्र प्रयोग भएको देखिन्छ । जव इलाममा रहेको एउटामात्र खेल मैदानले शितताप भोग्यो अनि वगर वन्यो यस्मा पनि इलामको टुँडिखेलमा लाग्ने वेमौसमी मेला र महोत्सवले टुडिखेलको अस्तित्वनै मेटाउन लागेका छन् ।
नेपाली सेनाको स्वामित्वमा रहेको टुँडिखेलमा नेपाली सेनाले खेलकुदका गतिविधिलाई मात्र अनुमति दिने गरेको भए पनि देशमा संघियता आएसँग स्थानीय सरकारले आफ्नो फाइदाको लागि अन्य कार्यक्रलाई पनि अनुमति दिंदा टुडिखेल कहिलेकाई कन्स्ट गर्ने ठाउँ समेत वनेको छ । यति मात्र हैन टुँडिखेल अहिले अतिक्रमण र पहिरोको चपेटामा समेत परेको छ । इलामका खेलप्रेमीहरु टुँडिखेललाई खेलकुदमा मात्र प्रयोग गर्नुपर्ने र अन्य कुारा गर्नको लागि यसको विकल्प खोज्नु पर्ने वताउँछन् ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment