माई इलाम । जेन्जी आन्दोलनका नाममा गत भाद्र २४ गते तोडफोड र आगजनी गर्नेलाई छानबिन गरी कानुनी कारबाही गरिने माई नगरपालिका विशेष नगर सभा सदस्य बैठकले मंगलबार निर्णय गरेको छ।
नगरपालिका, वडा कार्यालय र मातहतका कार्यालय तोडफोड र आगजनी भएपछि पहिलोपटक नगरसभा बैठक बसी ५ वटा प्रस्तावमा निर्णय गरिएको हो। नगर प्रमुख खम्बा सिं लिम्बुको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईको सञ्चालनमा बसेको बैठकले जेन्जी आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड तथा आगजनी घटनाको तथ्य प्रमाण तथा घटना जाँचबुझका आधारमा घटनामा संलग्न जो कोहीलाई निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको लागि नेपाल सरकार तथा सम्बन्धित निकाय समक्ष सिफारिस गर्ने निर्णय गर्दै सकिएको छ।नगर प्रमुख लिम्बुले प्रस्ताव गर्नुभएका पाँचवटा प्रस्तावमाथि निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
पहिलो नम्बर निर्णयमा गत भाद्र २३ र २४ गते जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्ने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना बैठकले गरेको छ । त्यस्तै निर्णय नम्बर २ मा नगर तथा वडागत क्षति विवरणको समिक्षा गर्दै सम्बन्धित वडा अध्यक्ष र सदस्यहरूबाट सार्वजनिक सम्पत्ति, घटना तथा क्षतिको रिपोर्टिङ गरिएको छ।
नगर र वडा कार्यालयमा भएको क्षतिको विवरण उपमेयर हिमा भण्डारी, वडा नम्बर १ का वडा अध्यक्ष रामबहादुर राई, वडा नम्बर २ का वडा सदस्य ज्ञानु कटुवाल, वडा नम्बर ३ वडा अध्यक्ष देवकुमार तामाङ, वडा नम्बर ४ का वडा सदस्य कल्पना विश्वकर्मा, वडा नम्बर ५ का वडाध्यक्ष भूपेन्द्र पूर्वाछाने, वडा नम्बर ६ का वडाध्यक्ष खड्ग सुन्दर योङहाङ्ग, वडा नं ७ का वडा सदस्य तेजकुमारी राई, वडा नं ८ का वडाध्यक्ष अमृत मोक्तान, वडा नम्बर ९ का वडा अध्यक्ष लिला कुमार राई र वडा नम्बर १० का वडाध्यक्ष गणेश राईले प्रस्तुत गर्नु भएको थियो। क्षतिको विवरण संकलन गरी आगामी बैठकमा समीक्षा गर्ने समेत निर्णय भएको छ।
बैठकले निर्णय नम्बर ३ मा तोडफोड र क्षति मूल्याङ्कनका लागि मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ। उक्त मूल्याङ्कन समितिमा वडा नम्बर ६ का वडा अध्यक्ष खड्ग सुन्दर योङहाङको संयोजकत्वमा समिति गठन गरेको छ। समितिको सदस्यहरूमा कार्यपालिका सदस्य राजेन्द्र राई, वडा नम्बर ४ वडा सदस्य कल्पना विश्वकर्मा, इन्जिनियर असिम भण्डारी, लेखा अधिकृत अशोक कट्टेल, जिन्सी शाखा प्रमुख धर्मप्रसाद भण्डारी, सम्बन्धित वडाको प्राविधिक कर्मचारी र सदस्य सचिव लक्ष्मण भुर्तेल (अधिकृत स्तर आठौं) रहेको समिति तयार गरेको छ। सो समितिले भोलि असोज १ गतेबाटै काम सुरु गर्ने बताइएको छ ।
त्यस्तै निर्णय नम्बर ४ मा पञ्जीकरण तथा राष्ट्रिय परिचयपत्रको कार्य असोज २ बाट वडा नम्बर ५ र ६ मा सञ्चालनमा ल्याउने, वडा नम्बर १, ७, ८ र ९ मा आंशिक व्यवस्थापन गरी सञ्चालनमा ल्याउने र वडा नं २, ३, ४ र १० मा आवश्यक व्यवस्थापन गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
विशेष नगरसभा बैठकले जेन्जी आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड आग्जनीका घटनाको तथ्य प्रमाण तथा घटना जाँचबुझको आधारमा घटनामा संलग्न जो कोहीलाई छानबिन गरी कानुनी कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

0 comments:
Post a Comment