झापा, ३ असोज
झापा गाउँपालिका–६ चन्द्रबस्तीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आज बिहान सोही स्थानका करिब ४२ वर्षीय रवि सोरेन बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन्।
प्रारम्भिक अनुमान अनुसार मादक पदार्थ सेवन गरेर बाटोमै सुतेका सोरेनको त्यहीँ मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको इलाका प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment