सुनसरीमा बसले ट्रक ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते

सुनसरी, ३ असोज


सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गतर्फ पूर्व जाँदै गरेको यात्रुवाहक बस (प्र १–०२–००२ ख ०९४९) ले सडक छेउमा बिग्रिएर रोकिराखिएको ट्रक (ना ६ ख ३७३३) लाई ठक्कर दिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको थियो भने अर्का एक जनाको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल, भोक्राहामा मृत्यु भएको हो। मृतक दुबै जनाको सनाखत अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य २२ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment