संविधान दिवस आज इलाममा विभिन्न कार्यक्रमसहित मनाइँदै

इलाम, असोज ३ ।


संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा काठमाडौंको टुँडिखेलमा मूल समारोह आयोजना भएको छ भने इलाममा पनि जिल्लास्तरीय कार्यक्रम तय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार संविधान दिवस २०८२ का अवसरमा आज बिहान ८ बजे जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम हुनेछ। त्यसैगरी असोज २, ३ र ४ गते साँझ कार्यालय तथा घर–घरमा दीप प्रज्वलन गर्ने र असोज ४ गते बिहान कार्यालय तथा परिसर सरसफाइ गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित “नेपालको संविधान” लाई घोषणासहित जारी गरेका थिए। नेपाली जनताको लामो संघर्ष र बलिदानी यात्रापछि प्राप्त भएको यो संविधानलाई देशभर आज विविध कार्यक्रममार्फत स्मरण गरिँदैछ।

इलाममा हुने यी गतिविधिहरूले संविधान दिवसलाई राष्ट्रिय एकता, लोकतन्त्र र विकासप्रतिको साझा प्रतिबद्धताको रुपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment