२०८२ आश्विन ५ गते
हमासले नेपालका विपिन जोशीसहित ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाही तीव्र पारेका बेला हमासले ४८ इजरायली बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि रहेका छन्। विपिनको परिवारले अन्नपूर्ण पोस्टसँग भन्यो,ʻयसबारे आधिकारिक जानकारी आएको छैन। हामीले इजरायलमा सम्पर्क गरिरहेका छौँ।ʼ
सञ्चार संस्था अल जजिराका अनुसार कस्साम ब्रिगेडले अनलाइनमार्फत संकलित तस्बिर जारी गरेको हो। यसमा जीवित र मृत दुवै प्रकारका बन्दी रहेको अल जजिराले उल्लेख गरेको छ।
सबै तस्बिरमा ʻरोन अरदʼ भनेर लेखिएको छ। यसले १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरदलाई जनाउँछ।
अरदको एफ–४ फ्यान्टम लडाकु विमान दक्षिणी लेबनानमा आक्रमण गर्ने क्रममा बम समयअगावै विस्फोट हुँदा खसेको थियो। यसमा अरदको मृत्यु भएको मानिए पनि उनको वास्तविक अवस्थाबारे ठोस प्रमाण अझै आएको छैन।
हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार र इजरायली आक्रमणकै कारण बन्दीहरूको जीवन संकटमा परेको चेतावनी दिएको छ। इजरायलले करिब २० बन्दी जीवित रहेको बताएको छ भने अमेरिकाले अझै कम हुन सक्ने अनुमान गरेको छ।
२०२३ अक्टोबरदेखि जारी युद्धमा ६५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजा सहरलाई पूर्ण युद्धक्षेत्र घोषणा गर्दै इजरायली बमबारीका कारण हजारौँ नागरिक विस्थापित भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग कुनै सम्झौता अस्वीकार गर्दै गाजामा नरसंहारपूर्ण युद्धलाई निरन्तरता दिएको बताए।

0 comments:
Post a Comment