नयाँ वर्षमा इलाममा महोत्सवको रौनक


इलाम, १ वैशाखः इलाममा चैत्र २५ गतेबाट शुरु भएको ‘केचना कञ्चनजङ्गा पर्यटन तथा चलचित्र महोत्सव’मा नयाँ वर्षको रौनक देखिएको छ । पर्यटकहरु खासै आई नपुगे पनि इलामको ठूलो टुँडिखेल इलामका गाउँगाउँबाट नयाँ वर्ष मनाउन इलाम सदरमुकाम आएका मानिसको भिडभाड देखिन्थ्यो ।  

इलामको ठूलो टुँडिखेलमा लागेको महोत्सवको रमाइलो मेलामा स्थानियको भिड देखिन्थ्यो । साँझमा प्रस्तुत हुने साँस्कृतिक कार्यक्रमा पनि दर्शकको भिड हुने गरेको छ । 

इलाममा लागेको महोत्सवले इलाममा व्यावसायिक चहलपहल भने वढाएको छ । वाह्य पर्यटक धेरै भित्याउन नसके पनि कोरोनाले थला परेको व्यवसायलाई केही राहात मिलेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment