चिनियाँ वायुसेनाद्वारा २० घण्टा युद्ध अभ्यास


काठमाडौं– चिनियाँ वायुसेनाले हालै सैनिक अभ्यास गरेको छ । चीनको सरकार नियन्त्रित अखबार ग्लोबल टाइम्सले जनाएअनुसार वायुसेनाले विभिन्न प्रकारका लडाकु विमानद्वारा ५ हजार किलोमिटरभन्दा बढी दुरीसम्म २० घण्टा अभ्यास गरेको हो ।
चीनको सरकार सञ्चालित टेलिभिजन सीसीटीभीले जनाएअनुसार मध्य चीनको हवाई अड्डाबाट जे ११ बी र जे ११ बीएस सहितका लडाकु विमान उडेर हजारौँ किलोमिटर टाढा ‘अपरिचित क्षेत्र’ तर्फ लागेका थिए ।
अभ्यासका क्रममा लडाकु विमानले नक्कली हवाई रक्षा प्रणालीलाई पनि भेद गरेको दाबी गरिएको छ । यससँगै यी लडाकु विमानले पठार र समुद्रजस्ता विभिन्न भौगोलिक क्षेत्रको आकासमाथि उडान भरेको ग्लोबल टाइम्सको दाबी छ ।
यो अभ्यासले विमानचालकको युद्ध कौशल तिखार्न मद्दत गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment