अफगानिस्तानका दुई शहरमा शक्तिशाली बम विष्फोट, १६ जनाको मृत्यु

९ बैशाख २०७९, शुक्रबार

काठमाडौं । अफगानिस्तानका दुई वटा शहरमा भएको शक्तिशाली बम विष्फोटमा परी १६ जनाको ज्यान गएको पुष्टि भएको छ । बाल्ख प्रान्तको मजार-इ-शरीफमा रहेको एक शिया मस्जिदमा विष्फोट हुँदा १२ जनाको ज्यान गएको छ ।
तालिबान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विष्फोटमा परी घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ । त्यस्तै कुन्दुजमा भएको आक्रमणमा चार जनाको ज्यान गएको छ । त्यहाँ १८ जना घाइते भएका छन् ।
अफगानिस्तानमा तालिबान समूह सत्तामा फर्किएपछि बम आक्रमण तथा विष्फोटका घटना कमी भएका थिए । पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस) ले लिएको खबरमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment