कश्मीरमा यो वर्ष पर्यटकको आगमन बढ्यो


काठमाडौं– कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकले भ्रमण गरेका छन् । कश्मीरको पर्यटन विभागका निर्देशक डा. जीएन इटूलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार कश्मीरमा यो वर्ष कीर्तिमानी संख्यामा पर्यटकको आगमन भएको छ ।
‘यदि हामीले पछिल्ला १० वर्षको तुलना गर्ने हो भने यो वर्ष कश्मीर उपत्यकामा कीर्तिमानी संख्यामा पर्यटकहरूको आगमन भएको छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै हामीले विभिन्न पर्यटकीय कार्यक्रमहरू आयोजना गरेका छौँ । यसबाहेक हामीले सामाजिक सञ्जालको पनि प्रयोग गरेका छौँ ।’ इटूलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

दक्षिणी राज्य केरलाबाट कश्मीर पुगेकी डा. उषा भन्छिन्, ‘म केरलाबाट आएकी हुँ । कश्मीर निकै सुन्दर ठाउँ हो । यो उपत्यकाको मौसम पनि मलाई मन पर्छ ।’
‘कोरोना भाइरस महामारीको कठिन समयमा यहाँ घुम्न आउँदा रमाइलो लागिरहेको छ ।’ अर्की पर्यटक श्रद्धाले भनिन् ।
दिल्लीबाट कश्मीर घुम्न आएका अर्का पर्यटक सामर्थ पनि मानिसहरुलाई कश्मीर घुम्न आउन सल्लाह दिन्छन् । ‘म पनि पहिलो पटक कश्मीर घुम्न आएको हुँ ।’ उनी भन्छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment