माओवादीबाट नेपालगन्जमा मेयरका आकांक्षी राप्रपामा प्रवेश


नेपालगन्ज । नेकपा माओवादी केन्द्र परित्यग गर्दै नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा गरेका छन् । राप्रपाको केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले उनलाई बिहीबार अविरावरण गरेर पार्टी प्रवेश गराएका हुन् ।
नेता वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेको उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।
वैश्यको प्रवेशले नेपालगन्जमा पुनः वचश्र्य स्थापित गर्न मद्दत पुग्ने राप्रपा केन्द्रीय महामन्त्री राणाले बताए । राप्रपामा वैश्यको प्रवेशसँगै नेकपा माओवादीका उम्मेदवारलाई स्थानीय तहको चुनावमा असर पुग्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment