इलामको ६ पालिकामा विप्लवको उम्मेदवार घोषणा


इलाम ८ बैशाख : आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा इलाममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका छ वटा पालिकामा स्वतन्त्र उम्मेद्धारी दिने भएको छ । नेकपाले बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर उम्मेद्धारहरु सार्वजनिक गरेको हो । जिल्लामा दशवटा पालिका भएपनि छ वटा पालिकामा मात्र उम्मेद्धारी दिने भएको हो ।
जसमा दुईवटा पालिकामा प्रमुख र उप्रमुख र बाँकी पालिकामा प्रमुख पदमा मात्र उम्मेद्धारी दिने भएको हो । पार्टीका जिल्ला सचिब जीतमान राई (मौसम) का अनुसार इलाम र माई नगरपालिकामा प्रमुख र उपप्रमुख, बाँकी सन्दकपुर, माईजोगमाई, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिकामा प्रमुख पदमा मात्र उम्मेद्धारी दिने भएको हो । बाँकी रहेका चारवटा पालिकामा उपयुक्त उम्मेद्धार उठाउन सकिने बताएको छ ।
नेकपाका अनुसार इलाम नगरपालिकाको प्रमुखमा फणिन्द्र न्यौपाने, उपप्रमुखमा नारदमणि साङपाङ, माई नगरपालिका प्रमुखमा युवराज आचार्य (बिमल), उपप्रमुखमा अमर राई, देउमाई नगरपालिका प्रमुखमा मोहन बराल, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुली गाउँपालिका अध्यक्षमा गणेश पौड्याल र माईजोगमाई गाउँपालिका अध्यक्षमा बेनुप बिक्रम तामाङलाई उम्मेद्धार बनाएको छ ।
अहिलेका ठूला भनौदा दलहरु भ्रष्टचारी, राष्ट्रघाती भएकाले त्यस्ता दलहरुमा जनताले बिश्वास गर्न छाडिसकेको तर नेकपा लिएको नीतिप्रति जनमत बढेपछि नेकपाले जित्नेगरी पालिकामा उम्मेद्धारी दिएको हो । वडाहरुमा पनि उम्मेद्धारी दिने÷नदिने भन्ने बारेमा पाटीभित्र छलफल भइरहेको पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन सिंहले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment