इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


इलाम ८ बैशाख: स्थानीय तहको निर्वाचन प्रक्रिया अन्तर्गत इलाममा आज बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । इलाम सदरमुकामको इलाम नगरपालिका वार्ड ७ मा रहेको जिल्ला समन्वय समितिको नयाँ कार्यलयमा मुख्य निर्वाचन अधिकृत कार्यलय उद्घाटन भएको हो ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नामले कार्यालयको उद्घटन गरेका हुन । उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत इङ्नामले निवार्चन सम्पन्न गर्नका लागी सबैलाई सहयोग गर्न अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुंगानाले भयरहित वातावरणमा चुनाव गर्ने गरी तयारी भइरहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment