नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट राजिनामा दिंदै धिरेन चेम्जोङ इलाम नगरपालिकाको नगर प्रमुखमा उम्मेद्वार


इलाम,  १२ बैशाखः इलामका अग्रज पत्रकार धिरेन चेम्जोङले नेपाल पत्रकार महासंघको साधाराण सदस्य समेत नरहने गरि राजिनामा दिएका छन् । २०७९ को स्थानीय निर्वाचनमा उम्मेद्वार बने संगै उनले राजिनामा दिएका हुन । चेम्जोङ नेकपा एमालेकाे तर्फबाट इलाम नगरपालिका प्रमुखको पदमा उम्मेद्वार बनेका हुन । 
त्यस्तै उमेद्धार छनौटमा असन्तुष्टि जनाउँदै नेकपा एमाले इलामको पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ ।  स्थानिय तहमा हुने निर्वाचनमा उम्मेद्धार छनौट गर्दा सक्षम उम्मेद्धार नपरेको र आफ्ना मान्छेलाई टीकट दिएको भन्दै असन्तुष्ट पक्षधरले शनिवार राती तालाबन्दी गरेको थियो । एमालेका तर्फबाट इलाम नगपालिकामा नगर प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि असन्तुष्ट पक्षधरले बिरोध सहित तालाबन्दी गरेको थियो । हाल नेकपा एमाले इलाम नगर कमिटीको बैठकले पुन धिरेन चेम्जाङलाई  नगर प्रमुखको उम्मेद्धार बनाउने निर्णय गरेको छ । 
एमालेका तर्फबाट नगर कमिटीको बैठब पछि धिरेन चेम्जोङलाई आधिकारिक उम्मेद्धार बनाएको हो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment