इटहरीमा एउटै कक्षामा अध्ययनरत दुईजना बालक बेपत्ता

  • दिपिका ढुङ्गाना

इटहरी, बैशाख ५,  इटहरीमा एउटै कक्षामा अध्ययनरत दुई बालक बेपत्ता भएका छन् । इटहरी २ देवीथान घर भएका र महेन्द्र माविको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लकी बिक्रम साह चैत्र २९ गतेदेखि बेपत्ता भएका हुन् ।

विद्यालयमा परीक्षा सकेर घर हिडेपनि दुवैजना अहिलेसम्म घर नआएको बेपत्ता रञ्जित निरौलाको आमा रचना निरौलाले जानकारी दिइन् । छिमेकी दुवै परिवारले ३० गते इलाका प्रहरी कार्यालय इटहरीमा खोज तलासको लागि निवेदन दिएका थिए । तर दुवै बालक अहिलेसम्म फेला पर्न नसकेको निरौलाको दुखेसो छ ।
अहिले विद्यालय प्रशासन, आफन्त र प्रहरीले बालकको खोजी कार्य गरिरहेको छ । आफन्तहरूले बालकको खोजी गरिदिन सबै निकायसँग माग गरेका छन् । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ यो नम्बरमा वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आफन्तहरूले आग्रह गरेका छन् ।
यता इटहरीका डीएसपी खगेन्द्र खड्काका अनुसार २९ गते ३ जना बालक एकै पटक हराएको र साँझ एक जना भने परिवारको सम्पर्कमा आएपनि दुईजना अझै फेला पर्न नसकेको बताए । ‘आफन्तहरूले खोज तलासको लागि निवेदन दिनुभएको छ, हामीले सबै प्रहरी कार्यालयमा फोटोसहित परिपत्र गरेका छौ’ खड्काले भने, ‘हामी गम्भीर भएर खोजी गरिरहेका छौ ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment