लेक लागेर एक भारतीय तीर्थयात्रीको मृत्यु


म्याग्दी ४ बैशाख। मुस्ताङमा आज एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि आएका भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीय मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा बेहोस भई लडेका यामसानीलाई जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले बताए ।
लेक लागेर मृत्यु भएको बताइए पनि घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शव जोमसोम अस्पतालमा परीक्षण गरीएको छ ।
पोखरा–जोमसोम हवाई मार्ग भएर यामसानीसहित ६० जना भारतीय मुक्तिनाथ तीर्थयात्राका लागि आएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment