इलामेली चेली पुष्पाको प्यासी प्यासी सार्वजनिक (भिडियो सहित)


वैशाख ९, काठमाडौँ । इलामकी स्रष्टा गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ । खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो ।  
नेपाल आइडलमा उत्कृष्ट सातसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर रहेको गीतमा ज्योति प्रकाशको सङ्गीत तथा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ । 
२०० बढी गीत लेखिसक्नुभएकी खनालका यसअघि पनि धेरै गीतहरू बजारमा आइसकेका छन् । गत वर्ष सार्वजनिक गरिएको गायक, सङ्गीतकार सरोज कोइरालाको सङ्गीत तथा स्वरमा रहेको माया केवल मायाले तेस्रो सगरमाथा म्युजिक अवार्ड पाइसकेको छ भने त्यो अघि विन्दु परियारको स्वर र लक्ष्मण शेषको सङ्गीत रहेको आमा बोलको गीतले पनि अवार्ड चुमिसकेको छ । यी गीतहरू गीतकारको आफ्नो युट्युव च्यानल दीपुष्पा क्रियसन्स् (DeePushpa Creations) मा सुन्न सकिन्छ ।
गीतकार खनालकी दिवङ्गत आमा दमन्ता खनालको नाममा स्थापना गरिएको दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान पनि आजै वितरण गरिएको छ । यस वर्ष काठमाडौँ मुलपानीकी स्रष्टा निर्मला मुरारी खनाललाई सो सम्मान प्रदान गरियो । नेपाल स्रष्टा समाजका अध्यक्ष तथा पदाधिकारीले स्रष्टाको गाउँमै गएर सम्मान अर्पण गर्नुभएको हो । आफ्नी आमाको जन्मदिन पारेर खनालले गीत सार्वजनिक तथा सम्मान वितरण गरेकी हुन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment