माछा मार्ने क्रममा डुबेर दुईको मृत्यु

२७ बैशाख २०७९, मंगलवार


गुल्मी । मङ्गलबार दिउँसो गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ पराल्मी निवासी १७ वर्षीय अनिल सावत र १३ वर्षीय सुजन सावतको छल्दिखोला र बढिघाट खोलाको सङ्गमस्थल दोभानमा डुबेको अवस्थामा शव फेला परेको हो ।

प्रहरी प्रबक्ता डिएसपी माधव राज खारेलले ती दुई जनाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन् । घटना स्थलमा बल्छी भेटिएकोले पनि प्रहरीले त्यो अनुमान लगाएको पाइएको छ ।

डीएसपी खरेलका अनुसार घटना स्थलमा पुगेका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठलगायतको टोलीले शव ल्याएर आउदै छ । पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment