इलामको माङसेबुङ गाउँपालिकामा गठबन्धनमा रहेका कांग्रेस-माओवादी र जसपाको संयुक्त घोषणा पत्र


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सबल स्थानीय सरकार, सम्मुनत माङसेबुङ भन्ने नाराका साथ माङसेबुङ गाउँपालिकाका लागि गठबन्धनको संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । माङसेबुङ गाउँपालिकाको लागि अध्यक्ष उम्मेद्धार डिकेन्द्र इधिङगो (कांग्रेस), उपाध्यक्ष विनोद नेम्बाङ (जसपा), १ नम्बर वडा अध्यक्ष भक्तराज योङहाङ (कांग्रेस), वडा २ का लागि पृथीमान लिम्बु (माओबादी), वडा ३ लक्ष्मण खम्बु राई जनम (माओबादी), वडा ४ दिलकुमार राई (कांग्रेस), वडा ५ नरेन्द्र कुमार राई (जनमुक्ति पार्टी), वडा ६ जीवनकुमार राई (कांग्रेस) रहेका छन् । गठबन्धनले संयुक्त प्रतिवद्धता जारी गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधारलाई जोड दिदै उज्यालो अभियान, सडक तथा यातायात, खानेपानी र सिंचाई,सञ्चार, र कृषिलगायतलाई समेटिएको छ ।
यस्तो छ गठबन्धनको पुर्णपाठः
आदरणीय माङसेबुङबासी आमाबुवा दिदि बहिनी तथा दाजुभाईहरु नमस्कार, सेवारो !
नयाँ वर्ष २०७९ को आगमनसँगै समुन्नत नेपालको सपना र योजना लिएर हामी यस माङसेबुङ गाउँपालिकामा स्नेह आशिर्वाद र अमूल्य मतको विनम्र अपेक्षा सहित तपाईहरुको घर दैलोमा उभिएका छौं ।
माङसेबुङबासी आमाबुबा दिदि बहिनी तथा दाजुभाईहरु लोकतन्त्र प्रतिको निष्ठा, सर्मपण र संर्घषलाई हार्दिकतापूर्ण अभिनन्दन गर्दै,
स्थानीय सरकारको स्वायतता र सवलीकरण गर्ने आफ्नो निरन्तरको प्रतिवद्धता स्थानीय सरकारको पहिलो कार्यकाल अभ्यास, अनुभव र अवसरको कसिमा प्रभावकारी स्थानीय सरकारको अबको मार्गचित्र तय गर्नेछ ।
सुशासनको लोकतान्त्रिक अभ्यास गर्ने जनताको घरदैलोको स्थानीय सरकारले संविधानले दिएको अधिकार प्रयोग गर्दै समुन्नती पूर्वाधार विकास शिक्षा, स्वास्थ्य, सुशासन, सामाजिक सुरक्षा लगायत क्षेत्रमा स्पष्ट मार्गचित्र तय गरी माङसेबुङबासी नागरिकलाई प्रथामिकता दिएर सबल स्थानीय माङसेबुङ सरकार समुन्नत र खुशी माङसेबुङबासी जनताको वृहत्तर अवधारण अनुसार सम्मानित नागरिक बनाउने माङसेबुङबासी जनतामा दृढ संकल्पन गर्दछौं ।
गठबन्धनको आश्वयकता तथा औचित्य
२०७४ सालको निर्वाचन मार्फत जनताले स्थिर सरकारको लागि मत पनि दिए । हाम्रो आन्दोलन र राजनीति दलहरुप्रति आम मानिसका केही अपेक्षाहरु थिए । ति अपेक्षाहरु पूरा भएका भए हामी फेरी पनि राजनीति स्थायित्व संविधानका रक्षा आदि पुरानै एजेण्डामा जडकिएर प्रतिष्पर्धा गरिरहेको हुने थिएनौ ।
२०७४ मा नेकपाको सरकार गठनसँगै आम जनताको चाहाना र मागमा सकरात्मक परिवर्तन अनुभूति गर्न नसक्दा सरकारप्रति निराशा र आक्रोस बढ्यो । त्यतिमात्र होइन, उक्त सरकारले आफ्नो पार्टीभित्र व्यापक असन्तुष्टि हुँदाहुँदै पटक–पटक असंबैधानिक तरिकाबाट प्रतिनिधि सभा बिघटन गर्ने काम केपी ओलीबाट भयो । फलस्वरुप उक्त पार्टी विभाजन भई माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी बन्न पुग्यो ।
उक्त पार्टीहरु केपी ओलीको असंवैधानिक प्रतिनिधि सभा बिघटन तथा लोकतान्त्रिक गणतन्त्र र संविधान संघियता असफल बनाउने षडन्यत्र साथै कुसाशन, भष्टचार, सर्वसत्तावाद, अधिनयकवादको सुत्रपात कुठीको जमिन, भूमाफियाकरण विरुद्ध उभिएर पाँच दलिय गठबन्धन बन्यो ।
यो परिस्थितिमा आज केन्द्र देखि नै स्थानीय तहसम्म गठबन्धन बनेको छ । अब हामी यसै गठबन्धन मार्फत आम माङसेबुङबासी जनताको चाहाना र अपेक्षा बमोजिम माङसेबुङ गाउँपालिकालाई सबल र समुन्नत बनाउने संकल्प सहित प्रण गर्दछौं ।
बितेका ५ वर्षका समिक्षा
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि माङसेबुङमा नेपाली कांग्रेस र जसपा (तत्कालिन संघीय समाजबादी दल) सँग तालमेल गरी निर्वाचनमा होमिएका थियौं । उक्त निर्वाचनबाट नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पद बिजय प्राप्त गर्न सक्यौं । तर उपाध्यक्ष लगायत धेरै वडाहरु बिजय बन्न सकेन । परिणाम स्वरुप माङसेबुङ गाउँपलिकामा अल्पमतको स्थानीय सरकारको नेतृत्व तालमेलबाट बिजय प्राप्त नेपाली कांग्रेसको नेतृत्व तथा माङसेबुङ गाउँपलिकाको नेतृत्व श्री डिकेन्द्र इधिङ्गो ज्यूले प्रथम गर्नुभयो ।
यस्तो प्रतिकुल परिवेशमा जनताको माग चाहाना र आवश्यकता बमोजिम पनि केही महत्वपूर्ण प्रभावकारी कार्यहरु गर्न साथै सवल स्थानीय सरकार निर्माणमा भूमिका पुगेको छ । भने धेरै महत्वपूर्ण कामहरुको सुरुवात गर्दै गर्दा नेकपा एमालेबाट बिजय प्रतिनिधिहरुबाट असहयोग र असमर्थनको चुनौतिवीच पनि सुरुवात भएको छ ।
त्यस अपूरा अधुरा कामहरु पूरा गर्दै माङसेबुङ गाउँपालिकालाई थप सवल र सम्मुनत विकासको जग बसाल्न साथै यहाँको समाज रुपान्तरणको अभिभारा भूरा गर्न हामी गठबन्धन दलहरु यहाँहरुमाझ उभिएका छौं ।
बितेका ५ वर्षमा भएका महत्वपूर्ण कार्यहरु
१. माङसेबुङ गाउँपलिका स्थानीय सरकार सञ्चालन गर्न आवश्यक ६४ वटा ऐन नियामावली कार्यविधि र कानुनहरुको निर्माण ।
२. वडा नं। १, २ र ४, ५ प्रशासनिक भवन निर्माण ।
३. चारखल थुम बथा बजार भवन तथा टहरा .
४.  देउमाई दोभान नावालुङ, लामिडाँडा, देउराली, सडक स्तरोन्नती ।
५.  वडा नं ६ विपि मार्ग स्तरोन्नती ।
६.  इभाङ, बताहा, साङ्ग्रेन, बरभञ्ज्याङ हुँदै वडा नं १ कार्यालय सडक निर्माण ।
७.  चिसापनी मावि गापा स्तरीय नमुना विद्यालय घोषणा सहित अनुदान साथै हरेक वडामा १ नमुना विद्यालय घोषणा कार्यक्रम ।
८.  उज्यालो कार्यक्रम अन्तरर्गत चार सय घरधुरी बराबरलाई सोलर वितरण कार्यक्रम ।
९.  माङसेबुङ गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्रहरुको गुरु योजना निर्माण निम्न छन् ।
क. धार्मिक पर्यटकीय क्षेत्र भित्रको माङसेबुङ, फुलुङ्गी, उत्तरे, क्षेत्रको गुरु योजना ।
ख. माङमालुङ वृहत क्षेत्रको गुरु योजना ।
ग. गजरमुखी धामको गुरु योजना ।
घ. गुरुजन्मस्थल अगौटे क्षेत्र र चुक्चिनाम्बा क्षेत्रको गुरुयोजना निर्माण ।
१०. लामिडाँडा पम्पिङ खानेपानी र साँघुरी पम्पिङ खानेपानी आयोजना निर्माण ।
११. माङसेबुङ वृत्तचित्र भिलेज प्रोफाइल निर्माण ।
१२. आत्माननद बहुमुखी क्याम्पसमा सहयोग ।
१३. वडा नं ५ मा लिम्बूभाषा सरकारी कामकाजीको लागि घोषणा ।
१४. ज्येष्ठ, अपाङ्ग, सुत्केरी महिला, अत्ति विपन्न वर्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान ।
१५. कोभिड माहामारीको नियन्त्रणमा नेतृत्वदायी भूमिका ।
१६. माङसेबुङमा युवा उद्यमी महिला स्वयमसेविका, विद्यालय कर्मचारीहरुमा प्रोत्साहन कार्यक्रम ।
१७. कृषि सिंचाई कार्यक्रम अन्र्तगत १८ वटा सिंचाई कार्यक्रम ।
१८. कृषि तथा पशुपालन क्षेत्रमा व्यवसायिककरण गर्न प्रोत्साहन र अनुदान ।
१९. जर्मन विकास सहयोग र माङसेबुङ गाउँपालिकावीच सम्झौता गरी नविकरणीय उर्जा सम्बन्धी कामहरुको सुरुवात भएको छ ।
क लामिडाँडा पम्पिङ खानेपानी, साँगुरी पम्पिङ, सोलार वितरण आदि ।
२०. माङसेबुङ आत्मा अस्पताल डिआरपि गरेको ।
२१. आधारभूत स्वास्थ्य केन्द्रहरु स्थापना
क. गजरमुखीधाम आधारभूत स्वास्थ्य केन्द्र
ख. आदिपुर आधारभूत स्वास्थ्य केन्द्र
ग. सिमलटार आधारभू स्वास्थ्य केन्द्र ।
२२. बर्थिङ सेन्टरहरुको स्थापना ।
क. इभाङ स्वास्थ्य चौकिमा ।
ख. बाँझो स्वास्थ्य चौकिमा ।
ग. मनिपूर स्वास्थ्य चौकिमा ।
२३. माङसेबुङ गाउँपालिका र स्वीस सरकारवीच सम्झौता गरी साना सिंचाई कार्यक्रम सञ्चालन पालिका भित्रका साना सिंचाईहरुको स्तरोन्नती कार्य धमाधम सुरु भईरहेको छ ।
आगामी दिनका प्रतिवद्धताहरु
असल साशन पार्दशीता र जवाफ देहिता, नागरिकसँगका सहकार्य, नागरिक स्वतन्त्रता, सामाजिक रुपान्तरण, संघ र प्रदेशसँग समन्वय, नीतिगत तथा संस्थागत क्षमता विकास, स्रोतको समुचित व्यवस्थापन
समुनत माङसेबुङ गठबन्धनको संकल्प
१. स्वास्थ्य
– माङसेबुङ गाउँपलिका विशेषज्ञ डाक्डर सहितको सुविधा सम्पन्न प्राथमिक अस्पताल निर्माण गरिनेछ ।
– हरेक वडामा स्वास्थयकेन्द्र र सुविधा सम्पन्न बर्थिङ सेन्टर खोलिनेछ ।
–६५ वर्ष माथिको ज्येष्ठ नागरिकलाई र अत्ति विपन्न, अपाङ्ग, अशक्त, दिर्घरोगीलाई निशुल्क बिमा कार्यक्रम गरिनेछ ।
–ज्येष्ठ नागरिक दिर्घरोगी, कडा रोग भएकाहरुलाई औषधी वापत मासिक रु ५,००० सहायता प्रदान गरिनेछ ।
२. शिक्षा
क माङसेबुङ गाउँपालिकाभित्रको सामुदायिक विद्यालयहरुमध्ये एक विद्यालयलाई प्रविधियुक्त सुविधा सम्पन्न स्नातक तहसम्म बनाई नमुना विद्यालय बनाइनेछ ।
ख धार्मिक विद्यायलहरु : जस्तै– किरात साम्जिक मुन्धुम निसामहिम, किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम गुरुकुल जस्तोलाई निशुल्क दर्ता गरी सीपमूलक सुविधा तथा अनुदान दिइनेछ ।
ग हरेक विद्यालयहरुमा आधारभूत विद्यालयहरुमा अनिवार्य अंग्रेजी भाषा पठन–पाठनको व्यवस्था गर्दै लगिनेछ ।
घ आत्मानन्द बहुमुखी क्याम्पस अनुमति प्राप्तको लागि प्रयास गरिनेछ ।
ङ हरेक विद्यालयका अभिभावकलाई जागरुप बनाई र सामुदायिक विद्यालयहरुमध्येका उत्कृष्ट शिक्षकहरुलाई प्रोत्साहन कार्यक्रम गरिनेछ ।
च राई, लिम्बू, मगर, सुनुवार लगायत अन्य विद्यार्थी र अभिभावकको मागको आधारमा भाषिक शिक्षक व्यवस्थापन गरी पठन–पाठन गराईनेछ ।
छ  माङसेबुङ–५, मा किरात विश्व विद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाईनेछ ।
३. पूर्वाधार
माङसेबुङ गापाको उक्त प्रशासनिक भवन र निर्माण हुन बाँकी वडा भवन माङसेबुङको मौलिक विशेषता झल्काउने गरी निर्माण गरिनेछ ।
– हरेक टोल विकास समितिमा एक सामुदायिक भवन निर्माण गरिनेछ ।
४. उज्यालो अभियान कार्यक्रम
– विधुतीकरण हुन सबै ठाउँमा विधुतीकरण गरिनेछ ।
–उज्यालो अभियान अन्तरर्गत सडक बक्ति व्यापक राखिनेछ । साथै विधुत नपुग्ने ठाउँमा सोलार वितरण गरिनेछ ।
५. सडक तथा यातायात
– सडक तथा यातायात हरेक वडा कार्यालय र गा। पा। कार्यालय जोड्ने सडकहरु बाह्रै महिना चल्ने बनाइनेछ ।
– रक्से, गैरीगाउँ, डाँडागाउँ, अगौटेहुँदै गजुरमुखी सडक स्तरोन्नती गरी सञ्चालन गरिनेछ ।
– रतुवाबेसी, भञ्ज्याङ, चिबुवा, सिङलागु, इभाङ, बथाहुँदै गजुरमुखी सडक निर्माण गरिनेछ । कुसुण्डे, रतुवा पक्कीपुल र फेवाखोला पक्की पुल निर्माण गरिनेछ ।
– राँके, गैडे सडकको इभाङ खण्ड तत्काल खोली सञ्चालन गरिनेछ ।
– तिन वर्षभित्र गाउँपालिकाभित्र आवश्यक सबै ठाउँमा झो। पु। बनाईनेछ ।
– निजी क्षेत्रसँग समन्वय गरी विश्वको किरात धर्मको आस्थाको केन्द्र लारुम्बामा धार्मिक पर्यटनलाई मध्यनजर गर्दै दमक देखि लारुम्बा सम्मको यात्रा सहज बनाउन केबलकार परियोजना बनाउन प्रयास गरिनेछ ।
– अन्धाराजा÷रानी पर्यटकीय क्षेत्राम जिपलाईन पु¥याउन निजी क्षेत्रसँग सहकार्य अथवा प्रयास गरिनेछ । साथै तिनतले र झण्डीडाँडामा पूर्वाधार विकास गर्ने ।
– माङमालुङ बजार नागी स्वास्थ्य चौकी भवन चिसोपानी बजार सडक ।
६. खानेपानी र सिंचाई
– स्थानीय स्रोत साधनलाई पहिचान गर्दै सहज नभएको ठाउँमा पनि डिप बोरिङ तथा पम्पिङ गरी घर–घरमा शुद्ध खानेपानी वितरण गरिनेछ ।
– एक घर एक धाराको अभियान चलाईनेछ ।
७. सुचना र सञ्चार
– माङसेबुङ गाउँपालिकालाई प्रविधि मैत्री बनाउँदै हरेक कार्यालयहरुमा सुचना प्रणाली व्यवस्थि गरिनेछ ।
– हरेक टोल र गाउँमा इन्टरनेटको सुविधा पु¥याउँदै सार्वजनिक क्षेत्रमा, धार्मिक क्षेत्रमा निशुल्क वाईफाई वितरण गरिनेछ ।
–माङसेबुङको मुख्य बजारमा पालिका भित्रको धार्मिक, पर्यटन, कृषि, कला, संस्कार, संस्कृति, जातिय भेषभूषा माङसेबुङको पहिचान झल्किने गरी डिसप्ले मार्फत प्रचार तथा प्रसारण गरिनेछ।
–स्थानीय मिडिया हाउसलाई माङसेबुङको गतिविधि सम्प्रेशण गर्न वर्गिकरण गरी अनुदान दिइनेछ ।
८. कृषि
– समपुर्ण कृषकहरुको सूचीकरण र वर्गीकरण गरिनेछ । साथै कृषि बिमामा ५० प्रतिशत अनुदान दिइनेछ ।
– बजारीकरणको कृषि एम्बुलेन्स व्यवस्थापन गरिनेछ । साथै एक वडा एक कृषि तथा पशुपंक्षी भेटेनरीको व्यवस्थापन गरिनेछ ।
– माङसेबुङको कुन क्षेत्रमा के उत्पादन हुन्छ, जस्तैः मकै, धान, गहुँ, अलैची, अदुवा, कफी, केरा, किविको ब्लकजोन स्थापना गरी अनुदानको व्यवस्थापन गरिनेछ ।
– भुमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबास गरेका नागरिकहरुलाई प्रक्रिया पु¥याई धनीपुर्जा वितरण गरिनेछ ।
९. स्वास्थ्य नागरिक कार्यक्रमः
– घर–घरमा अत्ति विपन्न, अपाङ्ग, ज्येष्ठ, गर्भवती महिला, दिर्घरोगी भएकाहरुलाई निशुल्क औषधी सहित स्वास्थ्य परिक्षण गरिनेछ ।
– मानसिक स्वाथ्यकर्मी राखी मानसिक स्वाथ्यको रोकथाम गर्न हरेक वडामा पुनः स्थापना केन्द्र स्थापना गरिनेछ ।
– मदिरा, सुर्तिजन्य पदार्थ, लागुपदार्थ, नियमन र नियन्त्रण गरिनेछ ।
१०. मातृ शिशु स्वास्थ्य पोषण कार्यक्रमः
– सुत्केरी महिलालाई पाँच हजार सुत्केरी साहायता भत्ता वितरण गरिनछ साथै पोषण वितरण गरिनेछ ।
– हरेक टोल र समुदायमा नर्स कार्यक्रम सञ्चलन गरिनेछ ।
११. विपत्त व्यवस्थापन
– एक विपत्त कोष स्थापना गरी माङसेबुङ गापामा आवश्यक दक्ष जनशक्ति र औजार सहित डेक्स स्थापना गरिनेछ । र विपत व्यवस्थापनमा चौविसै घण्टा तयारी राखिनेछ ।
१२. रोजगारी र उद्यमशिलताः
– सरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।
– युवा युवतीलाई सम्मानित रोजगारमा लाग्न प्रेरित गरिनेछ ।
– साना तथा मझौला, उद्यमहरुलाई प्रोत्साहन गरी बजारीकरण गरिनेछ ।
१३. पर्यटनः
– माङसेबुङ स्तरीय पर्यटन बोर्ड विकास समिति गठन गरी समग्र माङसेबुङको पर्यटन क्षेत्रको विकास गरिनेछ । साथै लारुम्बा धार्मिक क्षेत्र, गजुरमुखीधाम, माङमालुङ झण्डेडाँडा, अन्धाराजारानी, खराने थुम्कीडाँडा, चुक्चिनाम्बा, गुरुजन्म स्थल अगौटे क्षेत्र विकास समिति गठन गरिनेछ ।
– कला, संस्कार, संस्कृति, भाषा, साहित्य संरक्षण र विकास गर्न बोर्ड गठन गरी विकास गरिनेछ ।
– इको पर्यापर्यटनमा आधारित लारुम्बा, माङमालुङ, गजरमुखी क्षेत्रलाई विकास गरी स्थानीय क्षेत्रमा आर्य आर्जनमा बढुवा गरिनेछ ।
– माङसेबुङको पर्यटकीय क्षेत्र प्रचार–प्रसार गर्न एक दुध नियुक्ति गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार–प्रसार गरिनेछ ।
– किरात हाङसाम मुजोत्लुङ, गुरुआश्रम परिसर माङहिम र गजरमुखीधाम दैनिक हुने दिप प्रज्वलनलाई अनुदानको व्यवस्था मिलाईनेछ ।
– वर्तमान गुरुको ज्ञानभूमी फुलुङ्गी तिर्थस्थल तथा महागुरु फाल्गुनन्द गुरुज्यूको ज्ञानभूमी खत्रक्पाको पूर्वाधार निर्माण गरिनेछ ।
– एक वडा एक पर्यटन पूर्वाधार विकास गरिनेछ ।
१४. हाट बजार
– गजुरमुखी धाम, चतुरे, माङसेबुङ साप्ताहिक बुधबारे, शनिबारे खलाङ्गे, बथाह इभाङ, तिनदोभाने, सिमलटार साप्ताहिक बजारलाई पूर्वधार निर्माण गरिनेछ ।
१५. लिम्बू र राई भाषालाई पालिकामा कामकाजी घोषणा गरी लागु गरिन्नेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment