टेलिकमको फाइबर बिछ्याउने ठेकेदारको लापारबाहीले मेची राजमार्ग जीर्ण बन्दै


इलाम  जेष्ठः नेपाल टेलिकमले सडकको नालामा फाइबर बिछ्याउने काममा लापरबाहि गर्दा झापादेखि पहाडी जिल्ला जोड्ने मेची राजमार्ग क्षतिग्रस्त भएको छ । फाइबर बिछ्याउन सडकको नाला खनेर छोड्ने गरेका कारण वर्षातले गर्दा राजमार्ग क्षति पुगेको हो ।


नेपाल टेलिकम र सडक विभागको संझौता अनुसार फाइबर बिछ्याउने काम अघिल्लो आर्थिक वर्षमा शुरु भएको थियो । फाइबर बिछ्याउने निर्माण कम्पनीले आफुखुशी नाली खन्ने र खनिएको नाली अलपत्र अवस्थामा छोड्दा सडकको नालाको वालमा क्षति पुग्नुका साथै पानी सिपेज भएर सडकको बिचमा धाँजा फाट्ने गरेको छ । 

सडकमा फाईवर विछ्याउन जतथा भावि खन्ने र सडका भएका खल्डाखुल्डी नपुर्नाले सडक जिर्ण बनेको र यसलाई तत्काल मर्मत गर्नुपर्ने इलाम नगरपाकिलका ५ का नविन अधिकारी वताउँछन् । 

सडकमा भएका खाल्डाहरु र प्रत्येक घुम्तिमा भएका खल्डाले गर्दा सवारी चलाउन मुस्कील भएको र दुर्घटना पनि धेरै हुने भएकोले र समयमा पनि गन्तव्यमा पुग्न नसकिने सावरी चालक नारायण थपलिया वताउँछन् । 

नेपाल टेलिकम, फाइबर निर्माण कम्पनी, सडक डिभिजन, स्थानीयतहहरु र जिल्ला प्रशासन कार्यालय इलामका प्रतिनिधिबिचको छलफलमा फाइबर बिछ्याउने काम गर्दा सडक डिभिजनसँग समन्वयमा काम गर्ने लिखित सहमति भएको थियो । तर अहिले त्यसको पालना नभएकोले सडकले फाइबर कम्पनीको धरौटी रकमबाट असुल गर्ने गरी सडक मर्मत गर्ने काम थाल्न लागेको डिभिजन सडक कार्यलय इलामका प्रमुख विदुर पोख्रेलले बताए  । 

फाइबर बिछ्याउँदा भएका कामको अनुगमन गर्ने, नाला खनिएर अलपत्र छोड्दा भएको क्षति नेपाल टेलिकमले निर्माण गर्ने र काम गर्दा सडक डिभिजन इलामसँग समन्वय गरि काम गर्ने सहमति भएपनि फाइबर निर्माण पक्ष नेपाल टेलिकमले सहमति अनुसारको काम गरेको छैन । 

इलाममा रहेका अन्य सडकहरुपनि अहिले जिर्ण अवस्थामा रहेका छन् । इलाम बजार क्षेत्रको सडक पनि खल्डाखुल्डीले गर्दा पानी पर्नसाथ समस्या आउने गरेकोमा अहिले सडक डिभिजन मार्फत ठेक्कल लागि सकेको र सडक मर्मत गर्ने काम शुरु हुने प्रमुख पोख्रेलले वताए ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment