प्रेस सेन्टर इलामद्धारा ‘कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार कोष’ घोषणा

शुक्रबार, जेष्ठ १३

 
इलाम । प्रेस सेन्टर इलामले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार कोष घोषणा गरेको छ । इच्छुकको २० औ स्मृति दिवसको अवसर पारेर सेन्टरले अक्षयकोषको घोषणा गरेको हो । सेन्टरका प्रदेश नम्बर एकका मुख्य सचिव सुजन तिमसिनाले जिल्ल अध्यक्ष बुद्धमाया सोङ्मीलाई ५ हजार रुपैया प्रदान गरेर कोषको शुभारम्भ गरे ।
जिल्लामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्नेगरी अक्षयकोषको स्थापना गरिएको अध्यक्ष सोङ्मीले जानकारी दिइन् । आगामी बर्षबाट वितरण गरिने पुरस्कारका लागि २ लाख रुपैयाँको अक्षयकोष बनाउने हामीले लक्ष्य राखिएको छ । हालसम्म कोषमा सेन्टरका सदस्यहरुबाट ५२ हजार ६० रुपैया संकलन भएको छ । यसै बर्षभित्र अक्षयकोषलाई थप व्यवस्थित गर्दै पत्रकारको हकहितका लागि कोषबाट प्राप्त ब्याजबाट पुरस्कार र अन्य रचनात्मक कार्य गर्दै जाने बताइएको छ ।
सेन्टरले तत्कालका लागि अध्यक्ष बुद्धमाया सोङ्मीको ग्लोबल बैंक इलाममा रहेको खाता नम्बर R407010001283 मा रकम जम्मा गर्न अनुरोध गरेको छ । कोषमा हालसम्म केन्द्रिय सदस्य मिलन लिम्बुबाट १० हजार, प्रदेशका मुख्य सचिव सुजन तिमसिनाबाट ५ हजार, केन्द्रिय पार्षद अशोक प्रधानबाट ५ हजार ५ सय ५५, अध्यक्ष सोङ्मीबाट रु ५ हजार, सचिव नमीन ढकालबाट ५ हजार, उपाध्यक्ष लिला सुब्बाबाट ५ हजार प्राप्त भएकाे छ ।
सहसचिवद्धय रोशन काफ्ले र किरण राईबाट २/२ हजार, सदस्यहरु चन्द्र तामाङबाट ५ हजार, तेजबहादुर घिमिरे २ हजार ५ सय ५, गंगा पराजुली २ हजार, जिवन लिम्बु २ हजार र दलबहादुर लिम्बुबाट १ हजार रुपैया प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment