एमाले उम्मेदवारमाथि खुकुरी प्रहार

२५ बैशाख २०७९, आईतवार

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment