मतपरिणाम सार्वजनिक नभएसम्म माङसेबुङमा मदिरा बिक्री वितरणमा रोक

 बैशाख २६ 


माङसेबुङ : आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै माङसेबुङ गाउँपालिकामा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ ।  माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा भएको सरोकारवालाको बैठकले अन्तिम मतपरिणाम सार्वजनिक नभएसम्म माङसेबुङ गाउँपालिकाभरी मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको हो ।
निर्वाचन अधिकृत घनेन्द्र अधिकारीको अध्यक्षतामा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, राजनीतिक दल, संचारकर्मी, सुरक्षा निकाय एवम् नागरिक समाजका अगुवाको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गर्ने, स्थानीय तह निर्वाचनलाई भयमुक्त, धाँदलीरहित, निष्पक्ष बनाउन राजनीतिक दल एवम् सरोकारवालाले सहयोग गर्ने र मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेको भवनको सभाहल प्रयोग गर्ने निर्णय गरेको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।
नेपाल सरकारले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सरकारले वैशाख २७ गतेबाट सीमानाका बन्द गर्ने भएको छ । त्यस्तै २७ गते राति १२ बजेदेखि नै मतदान सम्पन्न नहुँदासम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन पूर्णरूपमा निषेध गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले सो निर्णय स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ ९मादक पदार्थ निषेध गर्ने० मा भएको व्यवस्थाको कार्यान्वयनका लागि गरिएको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment