इलाम नगरपालिका १ साँखेजुङको वडा अध्यक्षमा नेपाली कांग्रेसका गयत्रिराम वस्नेत विजयी


इलाम, ३१ बैशाखः इलाम नगरपालिका १ साँखेजुङमा नेपाली कांग्रेसका उम्मेद्वार गायत्रिराम वस्नेत वडा अध्यक्ष पदमा विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार भएका वस्तेतले नेकपा एमालेका अम्वीका गौतमलाई १५९ मतअन्तरले हराउँदै विजयी भएका हुन । वस्नेतले ११८१ मत प्राप्त गर्दा गौतमले १०२२ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी डायना राई, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मुना देवी रसाईली,  खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसका मोहन गुरुङ र नेकपा एमालेका खड्ग बहादुर गुरूङ विजयी भएका छन् ।

त्यस्तै नगर प्रमुमा नेपाली कांग्रेसका केदार थापाले ११५८ मत प्राप्त गर्दा नेकपा एमालेका धिरेन चेम्जोङले १०४१ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी विष्णु कुमारी दाहाल लिम्बुले ११९५ मत प्राप्त गर्दा नेकपा एमालेकी सीता देवी रिजालले १००४ मत प्राप्त गरेकी छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment