आँबुखैरेनीमा सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत

 २७ जेष्ठ २०७९, शुक्रबार


दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर स्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुबै पुरुषको सनाखत भएको छ । घटना पश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो ।

सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ ।

भासिएको सडक विस्तारको लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ । ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको निरीक्षक नेपालले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment