काठमाडौंमा एकबिहानै भूकम्प, हल्लायो उपत्यकासहित आसपासका जिल्ला

२८ जेष्ठ २०७९, शनिबार


काठमाडौं । शनिबार बिहानै भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।
उक्त भूकम्प ४.७ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।
प्रत्यक्ष महसुस हुनेगरी काठमाडौं उपत्यकामा लामो समयपछि भूकम्प आएको मापन केन्द्रले जनाएको छ ।
शनिबार बिहानको भूकम्पसँगै मानिसहरु घर बाहिर निस्केका थिए। कतिपय निदाएका मानिसहरुसमेत उठेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment