इलाममा विपद व्यवस्थापन सम्वन्धि ‘मनसुन २ अभ्यास


इलाम, २९ जेष्ठः इलाममा विपद व्यवस्थापन सम्वन्धि मनसुन २ अभ्यास सम्पन्न भएको छ । अभ्यासमा जिल्ला प्रशासन कार्यालय इलामको संयोजकत्वमा जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र रेडक्रस सोसाईटीको संयुक्त सहकार्यमा इलाम नगरपालिका वडा  १०, सेतुवावेसीमा विपद व्यवस्थापन सम्वन्धि मनसुन २ अभ्यास कार्यक्रम सम्पन्न भएको हो । 


 कार्यक्रममा जिल्ला समन्वय  समितिका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुङ्गाना, रणशार्दूल गणका गणपति प्रमुख सेनानी सुनिल सुवेदी, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल इलामका प्रमुख सुरेश सापकोटा, रेडक्रस सोसाईटी इलामका सभापति शिव गौतम तथा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरु लगायतको उपस्थित रहेको थियो । 
अभ्यासको क्रममा पहिरोमा फसेकाको उद्धार, बाढीको क्रममा गरिने उद्धार तथा घरेलु सामाग्रीहरुको प्रयोग गरि तैरिने तरिका समेतको नमूना प्रदर्शनी गरिएको जिल्ला प्रसाशन कार्यालय इलाममका प्रसाशकीय अधिकृत तथा सूचना अधिकारी यादव राउतले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment