२९ जेष्ठ २०७९, आईतवार
धनगढी । छिमेकी राष्ट्र भारतको मुम्बईबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मुम्बईबाट फर्कने क्रममा अछामको चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । शाहसँगै घर फर्किरहेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शाहको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले भने अनुसन्धानको माग गरेका छन् ।
शाहका आफन्तले मुम्बईबाट फर्कदा उनीहरुले गरगहना र नगद चोरी गरी ल्याएको र भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबी गरेका छन् । तर, प्रहरीले भने उक्त दाबीसहितको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको आफन्तको आरोप छ ।
यता प्रहरीले भने शव परीक्षणपछि मात्र किटानी जाहेरी दर्ता गर्न सकिने बताएको छ । मुम्बईबाट फर्किएका उनीहरु जेठ २६ गते धनगढी बसपार्कस्थित होटलमा बसेका थिए । तर, शाह बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधि ल्याएर खुवाएका थिए, भने २७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए ।
शाह ठीक भएपछि अछाम हिँडेका उनीहरु पछि फेरि शाह बेहोस् भएको भन्दै माया मेट्रो अस्पतालमा लगेका थिए । तर, अस्पतालले शाहलाई मृत घोषणा गरेको थियो ।

0 comments:
Post a Comment