झापाको भद्रपुरबाट ११ वर्षीय बालक तीन दिनदेखि बेपत्ता, छोरालाई खोजिदिन आमाद्वारा अपिल

 २२ जेष्ठ २०७९, आईतवारमा प्रकाशित

झापा , झापाको भद्रपुरबाट ११ वर्षीय बालक तीन दिन देखि बेपत्ता भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका– २ स्थित कमलधाम गुम्बा बस्ने जितबहादुर निरौलाको ११ वर्षीय कान्छो छोरा दिपु निरौला जेठ १९ गतेदेखि बेपत्ता भएका हुन् । भर्खरै भारतको असामबाट बसाई सरेर भद्रपुर आएका जितबहादुरका छोरा दिपु सिचाई प्रावि कक्षा ४ मा अध्ययनरत छन् । छोरा दिपु जेठ १८ गते बुधबार बिहान विद्यालय जान नमानेपछि हातमा बोकेको मोबाइल फोन खोसेर दुई झापड हानेको बताउँदै उनकी आमा सन्तोषी देविले भनिन्, त्यो दिन छोरा विद्यालय गएन, दिउँसो १२ बजे शौचालय जान्छु भनेर घरबाट हिँडियो । त्यही दिन दिउँसो ४ बजे छिमेकीले दिपुलाई सगरमाथा चोकमा देखेका थिए ।
‘छोरालाई कुटेकोले रिसाएर आफन्त वा साथीभाइको गएको भनेर मैले पनि खासै त्यस बेला वास्ता गरिन्,’ उनले भनिन्, ‘रातिसम्म छोरा घरमा आएन, पछि बुझ्दै जाँदा फुपू सीता महतोको घरमा गएर सुतेको रहेछ ।’ भोलि पल्ट बिहीबार छोरा फुपू घरबाटै एकाएक बेपत्ता भयो ।
भर्खरै असामबाट आएकोले छोरालाई गाउँघरको बाटोघाटो पनि त्यति थाहा छैन । त्यसपछि छोरा हराएको भनी सीमा प्रहरी चौकी पृथ्वीनगरमा फोटोसहित निवेदन दिएको उनले बताइन् । छोरा हराएकोले परिवारजनले आफन्तजन, छरछिमेक र साथीभाइ सबैतिर सोधी खोजी गरिसकेको छ । कतै पनि छोरा नगएकोले परिवारजनमा थप चिन्ता बढेको छ । छोरालाई खोजिदिन उनका आमा सन्तोषी देविले सबै समक्ष अपिल गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment