बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, यी हुन् नयाँ मन्त्रीहरु

२२ जेष्ठ २०७९, आईतवार


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले हाल देउवा नेतृत्वको सरकारमा बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको हो ।
नेकपा एसले नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरीलाई सहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका रुपमा सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्री बनाइएको छ भने स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई सिफारिस गरिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एसका नेताहरु विजय पौडेल र प्रमेश हमालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण पनि आजै गराउने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment