२० जेष्ठ २०७९, शुक्रबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए ।
वाम एकता आवश्यक भएपनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरुनै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे ।
उनले भने, ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए ।
उनले भने, ‘यो राजनीतिक पार्टीहरुले र स्वयम् सांसदहरुले संसदलाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहश, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने कुरा माथि पनि निर्भर गर्छ । यसरी संसदप्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरु ल्याउन सक्छ ।’

0 comments:
Post a Comment