क्यान्सर जितेकी इलामेली चेली कोपिला छमछम नाँँच्दै (भिडियो सहित)


इलाम, २५ साउनः गत वर्ष आजको दिन गायिका कोपिला गौतम जीवन र मृत्युको दोसाँधमा थिइन । चौथो स्टेजको क्यान्सरले ग्रस्त उनलाई सात घण्टा लामो अप्रेसन गरिएको थियो । पुनर्जीवन पाएकी गायिका गौतमले यस वर्ष “नाचौं छम छम छम” भन्ने नयाँ तीज गीत बजारमा ल्याएकी छन् । गीतको म्युजिक भिडियो आजै गायिका कोपिला गौतम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।  
साँस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा आएको गीतमा गायिका गौतमको एकल स्वर रहेको छ । गीतको शव्द रचना र संगीत गोविन्द मधुर आचार्यको रहेको छ ।
चर्चित कलाकार, निर्देशक शंकर विसीले गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् । म्युजिक भिडियोमा मोडेल टिका जैसी र अनु पराजुलीले अभिनय, नृत्य गरेका छन् । 
ओजपूर्ण शब्द, संगीत, सुमधुर स्वर र सशक्त अभिनय रहेको यस गीतले न्याय पाउन सक्ने सम्भावना रहेको छ।“जीवन साँचे हाँस्न नाँच्न पाईंदो रहेछ । मरेर कसैले केही लाँदैन बाँचुन्जेल कसैलाई नरुवाउँ सके बरु नचाऔं, हँसाऔं, बचाऔं भन्ने झन बढी महसुस गरेकी छु,” गायिका गौतमले गीत सार्वजनिक भए पछि भनिन् ।
लोक, दोहोरी तथा आधुुनिक गीत संगीतमा परिचित गायिका गौतमले केही बर्षयता साँस्कृतिक तीज गीतमा फरक पहिचान बनाउन सफल भएकी छन् । यसअघि गायिका गौतमका पोखरा फेवाताल, आमाले पकाको दर राम्रो, मेरै घरमा बसेर दर खाउँला, चौतारी ताकेर जस्ता लोकप्रियतीजगीतहरु बजारमा आईसकेका छन् । 
हेर्नुहोस भिडियोः

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment