सिट बाँडफाँडका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

२० श्रावण २०७९, शुक्रबार


काठमाडौं । आगामी निर्वाचनमा भागबण्डा मिलाउनका लागि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
बिहीबार सरकारले आगामी मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । उक्त घोषणासँगै सत्ता गठबन्धनमा सिट बाँडफाँडको लागि बैठक बस्ने भएको हो ।
काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान सिट बाँडफाँडका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले बिहान ९ः३० बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।
बैठकमा गठबन्धन भित्रका दलहरुबीच सिट बाँडफाँडका मापदण्डबारे छलफल हुनेछ । सम्बवत सिट बाँडफफाँडका लागि कार्यदल बन्ने छ । र, सोही कार्यदलले सिट बाँडफाँडको विषय टुंगो लगाउने छ ।
यसअघि स्थानीय तहको निर्वाचनमा पनि काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक भागबण्डाको मोडेल तयार गरेको थियो । यद्यपि उक्त मोडेल अनुसारको नतिजा भने गठबन्धनले प्राप्त गर्न नसकेको टिप्पणीहरु भइरहेका छन् ।
यसअघि बुधबारको सत्ता गठबन्धनको बैठकमा पनि कार्यदल बनाएर सिट बाँडफाँडको विषय टुंग्याउने बारे सामान्य चर्चा चलेको थियो ।
गठबन्धनमा नेपाली का‌ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
संविधान अनुसार नेपालको प्रतिनिधिसभा १६५ र प्रदेश सभामा ३३० सांसद चुनिने छन् । सत्ता गठबन्धनले उक्त सिटलाई नै आधार मानेर भागबण्डा गर्नुपर्ने छ । यद्यपि गठबन्धन भित्र सबै क्षेत्रमा गठबन्धन गर्ने वा आंशिक क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे टुंगो लागेको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment