छापामार युवतीको डायरीबाट हेर्ने : इलाम सूर्याेदयकी तारा राई

  • जीवन शर्मा

बि.स. २०५९/६० साल ताका मुस्किलैले १४ वर्ष टेकेकि एउटी केटी नेपालमा राजनैतिक परिवर्तनका लागि  सशस्त्र युद्धमा सहभागी बनिन । तर ६ महिना पुग्दा नपुग्दै जेलमा बाँस भयो । सम्भवत राजनीति पनि त्यति राम्रो बुझेकी थिइन्न होला । र, एक वर्षको जेल जीवनले उनलाई सिर्जनात्मक बाटो देखाइदियो । 
जेलबाट छुटेपछी र नेपालमा राजनैतिक परिवर्तन पछि कलम समात्न पुगिन- लेख्नुभन्दा अगाडि सम्झिन-राजनैतिक परिवर्तन जतिको सहज छैन सामाजिक परिवर्तन । अनि पो उनको मस्तिष्कले सम्झाउदै लग्यो हातहरु नथाकी लेख्दै गए-हिजो उनले युद्धमा भेटेकी एउटी छापामार युवतीको जीवन कथा । अनि बि.स. २०६७ सालमा एउटा कृति जन्मियो-छापामार युवतीको डायरी । 
हो यहि कृतिकी श्रस्टा हुन तारा राई । सुर्योदय नगरपालिका १२ आठघरेमा सामान्य परिवारमा जन्मिएकी तारा राई नेपालमा सर्वाधिक पढिएको पुस्तक छापामार युवतीको डायरी कि श्रस्टा मात्रै होइन्न सुर्योदयकीर् तारा पनि हुन । 
सानै उमेरदेखी केही लेख्ने र चिनिने अभिलाषा राखेकी ताराको कृति अहिले १४ औ संस्करणमा चलिरहेको छ । उनको कृति अङ्ग्रेजी भाषामा पनि अनुवाद गरिएको छ । 
उनै ताराले पुस्तक प्रकाशन गर्दा सम्मको बिगत सम्झिन-कन्चनजङ्घा एफ एमका चन्द्र भन्डारीको उत्साह, गणेश रसिकको रत्न पुस्तक भण्डारसम्म पुर्‍याइदिएको सहयोग अनि देबेन्द्र भट्टराईहरुको सहयोग अविस्मरणीय रह्यो । उनको अङ्ग्रेजी भाषामा पनि द गोरिल्ला गर्ल नामक पुस्तक प्रकासित भएको छ । जुन छापामार युवतीको डायरीको अङ्ग्रेजीमा अनुबाद गरिएको हो । 
वास्तवमा तारा राई एउटी ग्रामीण महिला हुन । उनले २३ वर्षको उमेरमा एउटा कृति पाठकको हातसम्म ल्याइन । त्यो मात्र महत्वपूर्ण होइन । उनको युद्ध जीवन जेल जीवन आदि इत्यादिले शैक्षिक क्षेत्रलाई त्यति माथी जान दिएन । तर पनि हिम्मत गरिन ।  होला हुनसक्ला पुस्तक प्रकाशनसम्मको बाटोको बारेमा उनलाई केही ज्ञान थिएन । उनी निर्धक्क भन्छिन पनि-यति लामो सिढी चड्न म एक्लै  सक्षम थिइन पनि तर मेरो लागि गरिएको सहयोग नै महत्वपूर्ण रह्यो । 
हाल अर्को पुस्तक प्रकाशनको तयारीमा रहेकी तारा पाण्डुलिपि तयार भएको र देवेन्द्र भट्टराईले हेर्दै गरेको बताउछिन । जब उनी एक श्रस्टाको रुपमा परिचित हुन थालिन् -समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गयो उनले आफ्नु जीवनले भोगेको अनुभव सुनाइन । तर राजनीतिको बाटो भने विभिन्न कारणले अगाडि धकेलेर लैजान चाहिँ चाहिन्न । हो उनको बुझाइ सत्य छ- जति सहज ढंगले राजनैतिक परिवर्तन गरियो त्यति नै असहज छ सामाजिक परिवर्तन  गर्न । उनको जीवनले भोगेका तितो यथार्थ जीवन धकेल्ने एउटा प्रेरणा त मिल्यो होला तर जीवन यथार्थमा फरकै हुन्छ नि । 
कुनै कुनै बेला उनको सिर्जनशिल मस्तिष्कले सोच्दो हो-मैले पो एउटी छापामार युवतीको जीवनकथा यथार्थमा उतारिदिए तर उनको भन्दा कमको त छैन नि आफ्नै जीवनकथा ? यसलाई उतार्ने चाहिँ कस्ले ? वास्तवमा अरुको लेख्नेहरु ती पिडक्का भन्दा कम पिडा बोकेका पक्कै हुदैन्न । जति खन्यो उत्ति गहिरो माटो फाल्ने ठाउँ न भेटिदैन । खैर जे होस सुर्योदयकी एउटी नअस्ताउने तारा  हुन तारा राई ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment