- जीवन शर्मा
थामी नेपालमा बसोबास गर्ने एक जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई "थाङ्मी" भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्मी खाम बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा पर्दछ ।थामी जातिको बसोबास धेरैजसो दोलखा र सिन्धुपाल्चोक जिल्लामा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क छ। थामी जाति एउटा अलग प्रकारको रितिरिवाज र संस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमे(भुम्या )को पूजा गर्दछन् र सबै कर्मकान्ड संस्कारहरू आफ्नै थामी गुरुद्वारा मौखिकरूपमा गर्ने गर्दछन् दोलखाका सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, कालिञ्चोक, बाबरे, आलम्पु, बिगु, खोपाचागु, लाकुरी डाँडा, आदि क्षेत्र थामीहरूको अधिक जनघनत्व रहेको छ ।
साथै सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थली क्षेत्रहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ। सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ।रामेछापका डढुवा, बेताली, प्रिती आदि गाविस र इलाम जिल्लाका गोर्खे, नयाँवजार र जोगमाइ क्षेत्रमा पनि थोरै सङ्ख्यामा थामीहरूको बसोबास रहेको छ। गोर्खेमा २५/३० घर्को सङ्ख्या र माइजोगमाइमा पनि उत्तिकै सङ्ख्यामा थामीहरुको बसोबास रहेको पाइन्छ । उनीहरूका पुर्खा दोलखाबाट आइ बसोबास गरेको पाइन्छ ।
अरु जातिको तुलनामा थामी जातिको संस्कृति परम्परा धेरै भिन्न छ। जस्तो बाबुको विवाह नभैकन अथवा भागी विवाहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लो दिन बाबुको विवाह गर्नुपर्ने। विवाह नभै मृत्यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबाजा लगाएर विवाह फुकाउनु पर्ने। यस्ता धेरै बाहिर नआएका संस्कारहरू छन् थामी जाति भित्र। तर पनि आजसम्म न सरकारले यसलाई संरक्षण गर्ने जमर्को गर्यो। न त हामी आफैँले प्रयास गर्न सकियो। आज रोजिरोटीको लागि सबै युवा शहरमा छन्। गाउँघर प्राय शुन्य छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ।
अति सीमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो। यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन्। थामीहरु किरात सम्प्रदाय कै हुन भनिन्छ । त्यसो त इतिहासबिदहरुको मत अनुसार राई लिम्बू थामी सुनुवार जिरेल सुरेल किरात सम्प्रदायका मानिसहरु हुन भन्ने रहेको छ । तर प्रत्येक जातीका आफ्नै भाषा छन संस्कृती छन । उनिहरुको आफ्नै लिपि छ ।
फोटोमा सुर्योदय १ गोर्खेकी उदयमान कवयित्री एन्जिला थामी
0 comments:
Post a Comment