इलाम रोङको विद्यालयको बाल कक्षा स्तरउन्नति गरिने


इलाम, २४ साउनः रोङ गाउपालिका भित्र सञ्चालित बालबिकास केन्द्रहरुको स्तरउन्नती गरिने भएको छ । 
दातृ सस्था रोटरी क्लव बिर्तामोड  र रोङ गाउपालिकाको साझेदारीमा सरकारी विद्यालयहरुको बाल कक्षा ब्यवस्थापन सिलिङ्ग, कलर,फर्निचर,फ्लोर,शिक्षण सिकाई तालिम सामाग्रीका लागि एक लाख देखि १ लाख पचास हजार बराबरको दरले न्युनतम १५ बाल कक्षा स्तरउन्नतिको लागि सहयोग गर्न Memorandum of Understanding (MOU) विशेष कार्यक्रम बिच सप्पन्न भएको छ।
चालु बर्षमा रोङमा २९ वटा विद्याय र ३ समुदायमा आधारित बालबिकास केन्द्रमा ३९ जना वाल शिक्षकहरु रहेका छन् भने सो कक्षामा चार सय ६४ जना बालबालिकाहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment