कांग्रेस नेता सिटौलाद्वारा बस्नेतप्रति श्रद्धाञ्जलि

 २४ श्रावण २०७९, मंगलवार मा प्रकाशित


झापा, सामाजिक व्यक्तित्व कृष्णबहादुर बस्नेतको निधनप्रति नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले श्रद्धाञ्जलि ब्यक्त गरेका छन् ।
इलामको साँखेजुङस्थित निवासमा बस्नेतको साउन १५ गते ७३ बर्षको उमेरमा निधन भएको थियो । बस्नेतको निधन प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता सिटौलाले बिर्तामोड १ स्थित बस्नेत निवासमा पुगेर श्रद्धाञ्जलि ब्यक्त गरेका हुन् ।
यस अघि नेपाली कांग्रेसमा महामन्त्री विश्व प्रकाश शर्माले समेत वस्नेतको निधन प्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
आफ्ना पिताको निधनको खवर मृतकका छोरा विनोदले सामाजिक सञ्जालमार्फ सार्वजनिक गरे लगत्तै सामाजिक सञ्जालमा हजारौंले शोकाकुल बस्नेत परिवारमा समवेदना तथा स्वर्गीय पिता स्व.कृष्णवहादुर बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । साउन १६ गते बिहान यता बिर्तामोड –१ स्थित निवासमा श्रद्धाञ्जलि दिनेको घुँइचो लागेको छ ।
हजारौंले स्व.कृष्णवहादुर बस्नेतको पार्थिव शरिरमा पुष्पवृष्टि गर्दै श्रद्धाञ्जली दिए भने त्यस लगत्तै शुरु भएको शवयात्रामा उल्लेख्य संख्यामा मानिसले सहभागिता जनाए ।
बिर्तामोड –१ स्थित निवासमा पितृशोकमा रहेर दशगात्र कर्ममा रहेका बिनोद–कोपिला, राजु–अनिता र विपिन–बन्दनालगायत शोकाकुल बस्नेत परिवारमा समवेदना दिन तथा स्वर्गीय पिता स्व.कृष्णवहादुर बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त गर्न हजारौं मानिस उपस्थित हुने गरेका छन् ।
दैनिक झापासहित देशका बिभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, राजनीतिक दलका नेता तथा कार्यकर्ता , राजनीतिक दलका भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, जेसीजकर्मी, सहकारीकर्मी, सञ्चारकर्मी , सामाजिक अभियन्ता, पेशाकर्मीहरु, उद्योगी–व्यवसायीहरु, सुरक्षाकर्मी ,कलाकारहरु शोकाकुल बस्नेत परिवारमा समवेदना दिन तथा स्वर्गीय पिता स्व.कृष्णवहादुर बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बस्नेत निवासमा उपस्थित हुने गरेका छन् ।
वि.सं. २००६ साल फागुन १९ गते तत्कालीन साँखेजुङ–५मा शिवमाया र लक्ष्मण बस्नेतका काइँला छोराका रुपमा जन्मिएका कृष्णबहादुर बस्नेत साँखेजुङमा चिया उद्योग सञ्चालन गरेर बसेका थिए ।
उनका श्रीमती सरस्वती बस्नेत , छोरा–बुहारीहरुमा बिनोद–कोपिला, राजु–अनिता र विपिन–बन्दना बस्नेत रहेका छन् । स्वं बस्नेतका जेठा छोरा विनोद झापा गोल्डकपका अध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव , वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थामा छन् ।उनी सयपत्री ट्रेड लिंक यामाहा सोरुम बिर्तामोडका सञ्चालक समेत हुन् । जेठी बुहारी कोपिला मानवअधिकारकर्मी र अधिवक्ता हुन् ।
माइँला छोरा राजु खानेपानी संस्थान भद्रपुरमा कार्यरत छन् भने कान्छा छोरा विपिन पाथीभरा अटोलिङ्क टीभीएस सोरुम बिर्तामोडका सञ्चालक हुन् ।
वस्नेतको निधन प्रति झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सहित इलाम नगरपालिका, रोङ गाउँपालिका, सहारा नेपाल, एमएमसी, एन्फा, जिल्ला फूटवलसंघ , भेट्रान, लिटलफ्वार, दृष्टि आँखा, वीरता जेसीस, वीरता लेडी जेसीज लगायत झापा र इलामका झण्डै दुई सय संघ संस्थाले श्रद्धाञ्जलि ब्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment