चिया बगानबाट ब्राउनसुगरसहित एक जना पक्राउ

 २५ श्रावण २०७९, बुधबार 

झापाको अर्जुनधारा नगरपालिका–११ चिया बगानबाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लालबहादुर दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिएको हो ।
लागूऔषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment