वनभोज खान गएका दुई किशोर बेपत्ता


भृरिगंगा (सुर्खेत) । सुर्खेतमा वनभोज खान गएका दुई किशोर भेरी नदीमा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनीहरु बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको समूह भेरीगङ्गा नगरपालिकाको सत्तरी नजिकै वनभोज खान गएको थियो ।

बेपत्ता खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा गएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment