महोत्तरीको भंगहा नगरपालिका–८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप

 


महोत्तरी । महोत्तरीमा हिन्दू र मुस्लीम समुदायबीच झडप भएको छ । विहीबार महोत्तरीको भंगहा नगरपालिका–८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो ।

दुई समुदायबीचको झडपपछिको स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएइको छ । जानकारी अनुसार स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले दर्जनौं अश्रुग्याँस र हवाई फायर गरेका छन ।

तरपनि स्थिति नियन्त्रणमा आउन नसकेको बताइएको छ । सोही क्रममा प्रहरीले लाठीचार्जसमेत गरेका बताइएको छ । झडपका क्रममा केही स्थानीय घाइते भएका छन् ।

यसका साथै स्थानीयले ढुंगा–मुढा गर्दँ केही प्रहरीसमेत घाइत भएका छन् । हिन्दू सम्राट सेनाले निकालेको शोभायात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा गरिएको थियो । त्यसपछि दुई समुदायबीच झडप सुरु भएको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment