गुजरातस्थित मोरबीमा पुल भाँचिदा ३५ को मृत्यु, नदीमा डुबेकाहरुको उद्दार कार्य जारी

१३ कार्तिक २०७९, आईतवार


काठमाडौं । छिमेकी राष्ट्र भारतको गुजरातस्थित मोरबीमा पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबीको केबुल पुल भत्किँदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् ।
उक्त दुर्घटनामा कयौं मानिसहरु घाइते भएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार केबुल पुल पाँच दिनअघि मात्र मर्मतसम्भार गरेर पुनः सञ्चालनमा आएको थियो ।
पुल भत्किँदा नदीमा डुबेकाहरुको उद्धार कार्य जारी छ । पुल भत्किएपछि स्थानीय बासिन्दाको सहयोगमा नदीमा डुबेका मानिसको प्रशासनले उद्धार गरिरहेको छ । घाइतेलाई अस्पताल र्पुयाउन एम्बुलेन्स घटनास्थल पुगेको छ ।
 

घटना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री भूपेन्द्र पटेल र अन्य अधिकारीहरूसँग दुर्घटनाबारे कुरा गरेका छन् । प्रधानमन्त्री मोदीले स्थितिलाई नजिकबाट र निरन्तर अनुगमन गर्न र पीडितहरूलाई सम्भव सबै सहयोग गर्न आग्रह गरेका छन् ।
यसैबीच, सीएम पटेलले ट्वीट गर्दै राहत र उद्धार कार्य प्रणाली द्वारा भइरहेको जानकारी गराएका छन् । मुख्यमन्त्रीले घाइतेको तत्काल उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको बताए । यस सम्बन्धमा जिल्ला प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment