प्रचण्ड सहभागी हुन लागेको भोजपुरको चुनावी सभामा बम विस्फोट, एक जना गम्भीर घाइते


भोजपुर । सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।

बम विस्फोट भई अरुण गाउँपालिका स्थित चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ । अहिले प्रचण्ड ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गर्दैछन् । ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गरेपछि भोजपुर जाने कार्यक्रम रहेको छ ।

आजै मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् । विस्फोटबाट भएको क्षति तथा अन्य विवरण आउँन बाँकी छ । भोजपुरका प्रहरी प्रमुख डीएसपी सरोज घिमिरेले बम विस्फोटपछि त्यसक्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment