झापामा लागूऔषध ब्राउन सुगर सहित इलामका पासाङ पक्राउ

फाल्गुन २५, २०८२


झापा। झापाको मेचिनगर नगरपालिका–६ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका–११ का पासाङ छिरिङ काजीलाई ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment